Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बलिउड अभिनेत्री मन्दिरा बेदीको फिटनेस मन्त्र



 

बलिउड अभिनेत्री तथा एंकर मन्दिरा बेदीले पछिल्लो समय चलचित्र ‘साहो’ मा अभिनय गरेकी छिन् । उनको अभिनयलाई सबैले रुचाएका छन् । अहिले चर्चामा छिन् । मन्दिराको वास्तविक उमेर सुन्दा जो कोहिले सजिलै विश्वास गर्दैनन् । उनको अनुहार र छाला हेरेर उमेर अनुमान गर्न असाध्यै गाह्रो छ । आफुलाई फिट राख्न उनले एकदमै मिहेनत गरेकी छिन् । उनी झट्ट हेर्दा मात्र ३० देखि ३२ कि जवान देखिन्छिन् । तर उनी अहिले ४७ वर्ष पुगिन् । मन्दिरा बेदीले टिभी धारावाहिक ‘शान्ति’ बाट करियरको शुरुवात गरेकी थिइन । उनले सन् १९९५ मा फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का निर्माता राज कौशलसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन । उक्त फिल्ममा उनले ‘प्रीति’ को भूमिकामा अभिनय गरेकी थिइन् । आउनुस् आज हामी तपाईंलाई मन्दिरा बेदीको फिटनेसको रहस्य र ४७ वर्षको उमेरमा यत्ति जवान देखिनु पछाडिको सिक्रेटका बारेमा जानकारी दिने छौँ ।

मन्दिरा बेदी हरेक दिन १५ हजार पाइला हिड्छिन्
मन्दिरा बेदी शारीरिक अभ्यास तथा व्यायाम गर्न एकदमै मनपराउँछिन् । उनी हप्तामा ५ देखि ६ दिन वर्कआउट गर्छिन् । प्रत्यक दिन १५ हजार पाइला हिड्छिन् । यसका अलावा सबै खाले शारीरिक एक्सरसाइज गर्छिन । जिममा व्यायाम गर्न नियमित जान्छिन् । खाली समयमा पौडी खेल्छिन् ।
मन्दिरा बेदीको डाइट प्लान
उनी खानपानमा विशेष ख्याल राख्छिन् । नियमित फलफुल सेवन गर्छिन् । सामान्यतया चिनी र आलुको सेवन कम गर्छिन् । उनको सौन्दर्यको रहस्य यो पनि हो कि उनी सबै खान्छिन् तर सीमित मात्रामा ।

मन्दिरा बेदीको फिटनेस मन्त्र
शारीरिक व्यायाम बिना लामो समयसम्म शरीरलाई फिट राख्न हुँदैन । मन्दिरा नियमित व्यायाम गर्छिन । उनको फिटनेस मन्त्र यहि हो । मन्दिरा हाई इंटेंसिटी इंटरमिटेंट एक्सरसाइज (एचआईआईटी) गर्छिन् । यस व्यायाममा कार्डियो र वेट लिफ्टङ् दुबै सामेल हुन्छ । सामान्यतया कार्डियो र वेट लिफ्टङ् हप्तामा ३ देखि ४ दिन गर्छिन् र बाँकि दिन पौडी खेल्न जान्छिन् । आफुलाई हरेक दिन कुनै शारीरिक गतिविधिमा व्यस्त राख्छिन् ।

आमा बनेपछि मन्दिरा बेदी फिटनेस सिक्रेट
मन्दिरा बेदीको आठ वर्षको एक छोरा छ । उसको नाम वीर कौशल हो । उनी सन् २०११ मा जन्मेका थिए । बच्चाको जन्म पछि मन्दिराको तौल ह्वात्तै बढ्यो । उनी आफ्नो स्वास्थ्य प्रति एकदमै चिन्तित थिइन् । बच्चा जन्मेको केहि समय पछि दौडिन सुरु गरिन् । पहिलो दिन ५ मिनेट, त्यसपछि ७ मिनेट, १० मिनेट हुँदै उनी घण्टौँ सम्म डौडिन थालिन् । दौडसँगै शरीरिक अभ्यास पनि गर्दै गइन् । विस्तारै तौल घट्दै गयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्