Logo
|
Friday 19th April 2024
Logo

epaper

सानै उमेर भएपनि रञ्जुको बायोमेडिकल इन्जिनियरिङ प्रतिको लगाव र आत्मविश्वास निकै लोभ लाग्दो

‘छोरीलाई अवसर दिएमा के गर्न सक्दैनन्’ भन्ने एउटा ज्वलन्त उदाहरण



बायोमेडिकल इन्जिनियर रञ्जु गौडेल अहिले नेशनल इलेक्ट्रोटेक प्रा.लि. (नेट) मा कार्यरत हुनुहुन्छ । ‘छोरीलाई अवसर दिएमा के गर्न सक्दैनन्’ भन्ने यो एउटा ज्वलन्त उदाहरण पनि हो । सानै उमेर भएपनि रञ्जुको बायोमेडिकल इन्जिनियरिङ प्रतिको लगाव र आत्मविश्वास निकै लोभ लाग्दो छ । सौर्य इन्टरनेशनलमा प्लस टु अध्ययन गर्दा हिसानको करियर क्विजमा फस्ट रनर अफ रञ्जुले स्कलरसिपमा बायोमेडिकल इन्जिनियरिङ अध्ययन गर्ने मौका पाउनुभएको थियो । कलेज अफ बायोमेडिकल इन्जिनियरिङबाट सन् २०१५ मा बायोमेडिकल अध्ययन पूरा गर्नुभएको हो । जानौं रञ्जुको करियर उहाँको आफ्नै शव्दमा…

मलाई मेडिकल सेक्टरमा जान मन थियो । डाक्टर अध्ययन गर्ने सोच राखेको भएपनि स्कलरसिप पाएकाले बायोमेडिकल इन्जिनियरिङप्रति आफूलाई समर्पित गरेँ । नेपालमा बायोमेडिकल इमर्जिङ टपिक हो । धेरै बायोमेडिकल इन्जिनियरहरुको आवश्यकता भएको र उनीहरुको अभावमा महत्वपूर्ण मेडिकल उपकरणहरु थन्किएर बसेका समाचारहरु पढिरहेको हुन्थेँ । व्यक्तिगत अनुसन्धान गर्दा पनि स्कोप ठीक लाग्यो । यसमा इन्जिनियर र बायोमेडिकल दुवै हुने भएकाले यो विषय छनौट गरेँ । बायोमेडिकल अध्ययनपश्चात् शुरुमा केही समय तिलगंगा आँखा प्रतिष्ठानमा इन्टर्नसिप गरेँ । त्यसपछि नेशनल इलेक्ट्रोटेकमा काम शुरु गरेँ ।
नेशनल इलेक्ट्रोटकमा एप्लिकेसन र सर्भिस दुवै हेछुर्् । बहुराष्ट्रिय कम्पनि स्ट्राइकरको सर्जिकल इक्वीपमेन्टहरुको इन्जिनियरिङ सेवा प्रदान गरिरहेकी छु । यसमा सर्जिकल ल्याप्रोस्कोपिक युनिट, न्युरो ड्रिल मेसिन, न्युरो नेभिगेसन, अल्ट्रासोनिक एस्पिरेटरलगायतका अपरेशन थियटरमा धेरै प्रयोग हुने प्रविधिहरु रहेका छन् । फुजिनन इन्डोस्कोपिक उपकरणको सेवा पनि उपलब्ध गराउँदै आएकी छु । यसका साथै लेजर लगायत इसिजी, इमजी, टिमटीजस्ता उपकरणको इन्स्टलेसनदेखि एप्लिकेसन र आफ्टर सेल्स सर्भिससमेत उपलब्ध गराउँछु ।
चिकित्सकहरुले कम्प्याटेबल भएर मेसिन चलाउनुपर्छ । उनीहरु टेक्नोलोजी नजिक बस्नुपर्छ । हामीले मेसिन र टेक्नोलोजीबीचको ग्याप पूरा गर्दछौं । डाक्टर, नर्सलगायतका मेडिक पर्सनहरुलाई टेक्नोलोजीबारे जानकारी गराउने, युजर फ्रेन्ड्ली गराउने र नयाँ टेक्निकहरु कसरी प्रयोग गर्नेबारे जानकारी गराउँछौं । यसबाट बिरामीहरुलाई चाँडो, सजिलो र प्रभावकारी रुपमा केयर दिन मद्धत पुग्छ । नेशनल इलेक्ट्रो टेक प्रा.लि. मा सेवा शुरु गरेको करिब ३ वर्षको अवधिमा ७० वटा सिस्टमहरु जडान गरिसकेको छु । त्यसमा ५० वटा जति ल्याप्रोस्कोपिक सिस्टम, १२ वटा ड्रिल सिस्टम, एस्पिरेटर रहेका छन् । राजधानीबाहिर गएर धेरै इन्स्टल गरेर मेडिकल पर्सनहरुलाई प्रयोग गर्ने तरिका सिकाएर सजिलो बनाइदिएकी छु । मेडिकल टेक्नोलोजीप्रति अपग्रेड भइरहनुपर्छ । यो एकदमै इसेन्सियल पाटो हो । कलकत्ताबाट स्ट्राइकर, सिंगापुरबाट इन्डोस्कोपिकको तालिम लिएकी छु । बेलाबेलामा विदेशका बायोमेडिकल इन्जिनियरहरु नेपाल आएर पनि तालिम उपलब्ध गराउँछन् ।
बायोमेडिकल इन्जिनियरिङको क्षेत्रमा लागेका छोरीहरुका लागि पारिवारिक सपोर्टले ठूलो महत्व राख्छ । अभिभावकहरुले पढाइको महत्व बुझ्नुपर्छ । छोराछोरीलाई समान अवसर दिनुपर्छ भन्ने सोच राख्नुपर्छ । छोरीलाई आत्मनिर्भर बन्न दिनुपर्छ । मेरा अभिभावकहरु सबै चिज त्यागेर हामीलाई राम्रो शिक्षा उपलब्ध गराउन पर्वत जिल्लाबाट राजधानी आउनुभएको थियो । उहाँहरुले अरुको लागि नभई आफ्नो लागि अध्ययन गर्नुपर्ने वातावरण सृजना गरिदिनुभयो । अध्ययन गर्ने निर्णय हाम्रो हातमा छोडिदिएकाले अहिले यो क्षेत्रमा आफूलाई समर्पित गर्न सफल छु । बेलाबेलामा राजधानीबाहिर पनि गइरहनुपर्ने हुन्छ । डाक्टरहरुलाई सिकाउनुपर्ने भएकाले उनीहरुसँग बसेर काम गर्नुपर्छ । शल्यक्रियाका क्रममा रातको २—३ बजे भएपनि उनीहरुसँगै बसेर सिकाउनुपर्छ । यो स्वतन्त्रता घर परिवारबाट मिलेको छ । अन्यथा आफ्नो करियर संकुचन बनाएर बस्नुपर्दथ्यो होला ।
समान अवसर
केटा मान्छेको तुलनामा अलि गाह«ो हुन्छ । राजधानी बाहिर जाँदा मेसिन बोकेर तपाईहरु मात्र आएको ? भन्ने प्रश्न पनि गर्छन् । यसको मतलब बायोमेडिकलमा छोरीको उपस्थिति अलि कम छ भन्ने देखिन्छ । तर आफूले गाह«ो ठानेमा मात्र समस्या हुने हो । तर हामीलाई केटा मान्छेको जतिकै समान अवसर दिएको छ । कार्यालयलबाट समान व्यवहार गरिन्छ । छोरी ठानेर आफूलाई सिमित राखेर काम गर्ने सोच लिन हुँदैन ।
काममा गएको बेला डिस्करेज गरेको व्यक्तिगत अनुभव त छैन । तर तपाईं एक्लै आउनुभएको ? तपाईंले गर्न सक्नुहुन्छ ? अरु कोही आउनुभएको छ ? जस्ता प्रश्न भने सोध्ने गरिन्छ । तर काम गरिसकेपछि उनीहरु प्राउड भएको देख्दा खुशी लाग्छ । मेडिकल पर्सनहरुले पोजेटिभ फिडव्याक दिँदा काममा अझ इन्करेजमेन्ट हुन्छ । बायोमेडिकल इन्जिनियरले ४ वर्षको डिग्री कोर्ष पूरा गरेका हुन्छौं । त्यसैले बायोमेडिकल सर्भिस र एप्लिकेसन स्पेशलिष्ट सेवालाई व्यापक रुपमा अघि बढाउने सोच लिएर काम गरिरहेकी छु । यसबाट हुने लाभान्वित संख्या बढाउँछु । लामो समयदेखि थन्किएर बसेका नयाँ टेक्नोलोजी, रिसर्च र डेभलप्मेन्टका कामहरु गर्दै जाने सोच छ ।
शुरुमा टुल्सहरु चलाउन पनि गाह«ो हुन्थ्यो । हामीले आधारभूत चरणबाट नै काम शुरु गर्नुपर्छ । उपकरणहरु खोलेर बनाउने कन्फिडेन्स नेशनल इलेक्ट्रोटेकबाट पाएँ । कम्पनिले स्वतन्त्र रुपमा आत्मविश्वासका साथ काम गर्न सक्ने अवस्थामा पुर्यायो र सुनौलो भविष्यको अवसर दियो । कार्यालयबाट थप तालिम लिन र काम गर्न प्रोत्साहन भइरहन्छ । बायोमेडिकल इन्जिनियरिङको भविष्य राम्रो छ । जागिर नपाउला भन्ने छैन । आई उड लाइक टु वेलकम देम, टु दिस प्लेटफर्म, इफ यु डु द हार्ड वर्क एण्ड इफ यु बिलिभ योरसेल्फ देन यु क्यान डु इट ।

प्रतिक्रिया दिनुहोस्