Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिरायु नेशनल हस्पिटलले टोखामा उपलब्ध गराएको निःशुल्क स्वास्थ्य परीक्षण सेवाबाट ७ सय लाभान्वित

शिविरका सहभागीहरुलाई निःशुल्क शारीरिक परीक्षण , रक्तचाप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको



जनस्वास्थ्य सरोकार, टोखा । काठमाडौंको बसुन्धरास्थित चियायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले टोखा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ७ सय व्यक्तिले लाभ लिन सफल भएका छन् । बिद्यार्थी, फ्याकल्टी स्टाफ र अभिभावकको स्वास्थ्य परीक्षणका लागि टोखा, ८ मिलनचोकमा रहेको विद्या कुञ्ज सेकेन्डरी स्कुलमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा ४ जना मेडिकल अफिसर, ६ जना स्टाफ नर्स, अस्पतालका प्रशासकनीय अधिकृतसहित ११ जनाको टोलीले सेवा उपलब्ध गराएको थियो । शिविरका सहभागीहरुलाई निःशुल्क शारीरिक परीक्षण , रक्तचाप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका निर्देशक चण्डेश्वर बैद्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्