Logo
|
Thursday 28th March 2024
Logo

epaper

डेंगुको उपचारपछि घर फर्किए डा. रूइत



काठमाडाैं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा. रुइत बुधबार डिस्चार्ज भएका हुन्।

स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले उनलाई १० दिन घरमै आराम गर्न सुझाव दिएका छन्। त्यसैले अस्पतालबाट डिस्चार्ज भए पनि डा. रुइत तत्काल बिरामीको उपचारमा संलग्न हुने छैनन्।

डेंगु लागेर डा. रुइतसँगै अस्पताल भर्ना भएकी उनकी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् । तर, भाञ्जी भने अझै अस्पतालमै छिन्।

गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा. रुइतलाई परीक्षणको क्रममा डेंगु भएको पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्