Logo
|
Friday 29th March 2024
Logo

epaper

बिना शल्यक्रिया निकालियो पाठेघरको ट्युमर



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रिया नगरी ३७ वर्षिय महिलाकोे पाठेघरमा रहेको ट्युमर निकालिएको छ । इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी पाठेघरको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।  पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्किृय पार्ने यो पद्धतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ । उपचारमा संलग्न डा. ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा पहिलो पटक भएको र उपचार सफल भएको बताउनुभएको छ । अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त , एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्तअधिकारीको उपचारमा सहभागिता रहेको थियो । साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिदै आइएको माइम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउदै लैजाने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्