Logo
|
Thursday 25th April 2024
Logo

epaper

डेङ्गू रोगका विरामीको चाप बढेपछि नर्भिकमा छुटै वार्डको व्यवस्था



हालै मुलुकमामहामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढ्न थालेपछि नर्भिक इन्टरनेशनलहस्पिटलले डेङ्गू संक्रमितको उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ ।
हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेको अस्पतालले जनाएको छ ।सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको आस्पतालले जानकारी दिएको छ ।
सहुलियतपूर्ण दर स्वास्थ्यसेवा उपलब्धहुने, उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् । यसका साथै विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्धहुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्