Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. रोशन पोखरेल



काठमाडौँ, ३० भदौ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा रोशन पोखरेलले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पोखरेललाई सो जिम्मेवारी दिएका हुन् । समायोजन पछिको पदस्थापनमा कोशी अस्पतालका निर्देशक भएका डा पोखरेलको स्थानमा मन्त्रालयले विभागका महानिर्देशक रहेका डा गुणराज लोहनीलाई पठाएको थियो । त्यसपछि उनी कन्सलटेन्टको भूमिकामा थिए । यता विभागमा १२ औँ तहका प्रमुख विशेषज्ञ रहरेका सुशीलनाथ प्याकुरेललाई पठाइएको थियो । प्याकुरेलले गत २२ भदौमा अनिवार्य अवकाश पाएका छन् । त्यसयता विभाग रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्