Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

डेंगुबाट बच्न जुम्लामा पूर्वतयारी



देशभर डेंगु रोगको त्रास फैलिरहेको अवस्थामा जुम्लामा पनि त्यसको जोखिम हुनसक्ने भन्दै चिकित्सकहरुले चेतना अभिबृद्धिको लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

जुम्लाका एक नगरपालिका, सातवटा गाउँपालिका र स्वास्थ्य शाखासँग समन्वय गरी गाउँघरमा चेतनामुलक कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गाउँपालिका स्वास्थ्य शाखाले विशेष जोड दिएर डेंगु नियन्त्रणका लाग्नुपर्ने प्रजिअ बञ्जाडेको भनाई छ । डेंगु नियन्त्रणका लागि हुने विभिन्न कार्यक्रमको जिल्ला प्रशासनले आवश्यक समन्वय गर्ने उनले बताइन् ।

हालसम्म जुम्लामा डेंगुका विरामी फेला नपरेपनि छिमेकी जिल्लाहरुमा संक्रमण भइसकेको र जुम्लामा पनि जोखिम रहेकोले चेतनामुलक कार्यक्रम गरिनुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्