Logo
|
Thursday 18th April 2024
Logo

epaper

दाँत फुकालेको भोलिपल्टै प्रचण्ड ज्वरोले थला परे



काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँत फुकालेको भोलिपल्टै आज ज्वरोले थला परेका छन् । प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत हिजो (बुधबार) ललितपुरस्थित् नेपाल मेडिसिटी हस्पिटलमा पुगेर फुकालेका थिए ।

पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका थिए । डाक्टर सुमित साहले उनलाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए।

बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जनाएको थियो । तर, उनलाई आजबाट ज्वरो आएकोले उनी ‘बेड रेष्ट’ मा बसेको पनि उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्