Logo
|
Friday 29th March 2024
Logo

epaper

छैटौं सघन उपचार नर्सिङ प्रशिक्षण कार्यक्रम सम्पन्न



जनस्वास्थ्य सरोकार, असोज १० गते, काठमाडौं । काठमाडौंको चाबहिलस्थित ॐ अस्पतालमा सञ्चालित छैटौं सघन उपचार नर्सिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।ॐ अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले आज एक समारोहका बीच प्रशिक्षित नर्सहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो । उहाँले प्रमाण पत्र ग्रहण गर्ने क्रिटिकल केयर नर्सहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।
नेपाल क्रिटिकल केयर नर्सिङ्ग एसोसिएसनकी अध्यक्ष लक्ष्मी केसीले तालिम प्राप्त नर्सहरूले स्तरिय सघन उपचार सुनिश्चित गर्नेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।

उहाँले ॐ अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा शुरु गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरणिय रहेको स्पष्ट पार्नुभयो ।
त्यसैगरी क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपालकी एक्रिडेसन कमिटी चेयरपर्सन बिमला श्रेष्ठले देशभरका सघन उपचारकक्षमा अब स्तरिय सघन उपचार नर्सिङसेवा उपलब्ध हुने बिश्वास ब्यक्त गर्दै यो तालिम कार्यक्रमले देशभरको सघन उपचार सेवाको स्तर बृद्धि गर्ने बताउनुभयो ।
क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्रामकी कोर्ष डाइरेक्टर कबिता सिटौलाले देशभर रहेका बिभिन्न अस्पतालमा रहेका ४५० वटा आइसियु बेडमा नै स्तरिय सेवा पु्याउन अस्पतालहरुमा कार्यरत सघन उपचार नर्सहरुलाई दक्षता अभिबृद्धि गर्न यस किसिमको तालिमको आवश्यकता महसुस गरी तीन बर्षअघि यो कार्यक्रम शुरु गरिएको समेत जानकारी गराउनुभयो ।

चरणवद्ध रुपमा संचालन भएको तीन महिना लामो सो प्रशिक्षणमा बिभिन्न अस्पतालहरुवाट सहभागि भएका नर्सहरुले सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्