Logo
|
Thursday 28th March 2024
Logo

epaper

यसरी बढाउन सकिन्छ पुरुष प्रजनन क्षमता



सामान्यतया महिनावारी भइरहेको समयसम्म महिलामा प्रजनन क्षमता भएको मानिन्छ । पुरुषमा यति उमेरसम्म प्रजनन क्षमता हुन्छ भन्ने यकिन छैन । उनीहरूमा कहिलेसम्म शुक्रकीट उत्पादन हुन्छ भन्नेमा भर पर्छ । यो स्वास्थ्य र जीवनशैलीलाई पनि आधार मान्न सकिन्छ ।

एउटा वयस्क स्वस्थ पुरुषमा प्रत्येक दिन सयदेखि दुई सय मिलियन शुक्रकीट उत्पादन भइरहेको हुन्छ । यद्यपि, ४५ वर्षको उमेरपछि करिब २५ प्रतिशतको दरले प्रजनन क्षमता घट्दै जान्छ । तर, यो सबै व्यक्तिमा भने लागू हुँदैन । प्रजनन क्षमता शुक्राणुको गुण्स्तरमा भर पर्छ । शुक्रकीट उत्पादन भइरहे पनि कतिपयमा प्रजनन क्षमता हुँदैन ।

प्रजनन क्षमता घट्नुको कारण मुख्यतया आन्तरिक नै हो । हिजोआजका अधिकांश पुरुष अस्वस्थकर जीवनशैली जिउँछन् । त्यसैले वयस्क अवस्थामै उनीहरूमा प्रजनन क्षमता घट्दो रहेको पाइन्छ । त्यस्तै, हाइपोथाइराइड हर्मोनमा परिवर्तन आउनुजस्ता बाह्य कारणले पनि यस्तो समस्या आउने गरेको छ ।

 स्वस्थ खानपान
प्रजनन क्षमता बढाउन खानपानमा ध्यान दिनु आवश्यक छ । स्वस्थ खानपानले शुक्राणुको क्षमता बढ्न सहयोग पुग्छ । सामान्यतया, सुप, गाँजर, अश्वगन्धा, माछा, भिटामिन डीजन्य खाद्यवस्तुको सेवनले प्रजनन क्षमता बढ्छ ।

 प्रजनन रोगबाट बच्ने
प्रजनन अंगमा लाग्ने विभिन्न रोगका कारण प्रजनन क्षमतामा कमी आइरहेको पाइन्छ । जस्तै, यौनरोग, अण्डकोष सुन्निने, हाइड्रोसिल, दादुरा, ठेउलाजस्ता समस्याका कारण प्रजनन क्षमता घट्छ । त्यसैले, यस्ता रोग लाग्नबाट सकभर बच्नुपर्छ । यदि, लागिहालेमा समयमै उपचार गर्ने ।

 उच्च तापक्रमबाट टाढा रहने
प्रजनन क्षमतामा कमी आउनुको अर्को कारण उच्च तापक्रम पनि हो । सामान्यतया अण्डकोषको तापक्रम १ डिग्री सेल्सियसभन्दा कम भएमा मात्र प्राणीले शुक्राणु पैदा गर्न सक्छ । तसर्थ, अत्यधिक गर्मीमा लामो समय बस्नुहुँदैन ।  धूम्रपान त्याग्नेसुर्तीजन्य वस्तुले शुक्राणुको क्षमतामा ह्रास ल्याइरहेको हुन्छ । शुक्रकीट उत्पादन भइरहे पनि प्रजनन क्षमतामा ह्रास आउँछ । त्यसैले, धूम्रपानलगायत सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनुपर्छ । त्यस्तै, सकभर मदिरा सेवन पनि नगर्ने ।

 चोटपटकबाट बच्ने
विभिन्न कारणले अण्डकोषमा पर्ने असरबाट जोगिन आवश्यक हुन्छ । अण्डकोषमा चोट लाग्दा वीर्य उत्पादन नहुने, स्खलनमा समस्या आउने हुन्छ । खासगरी, साहसिक खेलकुदमा सक्रिय पुरुषले चोटपटक लाग्नबाट बच्नुपर्छ । (स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. नवीन दर्नाल परोपकार प्रसूतिगृहमा कार्यरत हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्