Logo
|
Wednesday 24th April 2024
Logo

epaper

छाला स्याहार गर्ने घरेलु विधि



-रातो टमाटरको पेस्ट तयार गर्नुस् । त्यसमा एक–एक चम्चा कागतीको रस र जौको पिठो मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् ।

– थोरै कागतीको रस, जैतुनको तेल, अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् । पाँच मिनेटपछि सफा पानीले यसलाई धुनुहोस् । तर, यो नर्मल छालाका लागि मात्रै लागू हुन्छ ।

– एक कप ब्राउन सुगर, एक चम्चा दूधमा मिलाउनुहोस् । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो
पानीले धुनुहोस् ।

– पेस्ट बनाएको स्याउमा एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् ।

– नुहाउने पानीमा दुई कप दूध मिसाउनुहोस् । दूधमा रहेको फ्याट ल्याक्टिक एसिडले छालालाई नरम बनाउँछ ।

-नुहाउने पानीमा दुई चम्चा ओलिभ ओयल हालेर नुहाउँदा छालाको सुक्खापनबाट मुक्ति मिल्छ ।

–  प्रशस्त मात्रामा ताजा फलफूल, सागसब्जी तथा जुस खाने गर्नुहोस् ।

– नरिवल र सूर्यमुखी तेलमा पनि नेचुरल फ्याटी एसिड हुन्छ । यसले छालालाई मोस्चराइज गर्न सहयोग गर्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्