Logo
|
Saturday 20th April 2024
Logo

epaper

अल्का अस्पतालले पनि दशैंमा सेवा सुचारु गर्ने



जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । विजया दशमीको माहोलमा पनि ललितपुर जावलाखेलस्थित अल्का अस्पतालले सम्पूर्ण उपचार सेवाहरु सुुचारु गर्ने भएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दिलिप थापाका अनुसार, फुलपातिदेखि दशमीको दिनमा पनि सम्पूर्ण स्वास्थ्य सेवाहरु सुचारु गरिने भएको छ । चाडपर्वको बेलामा सर्वसाधारण एवं विरामीले उपचार सेवाबाट बन्चित हुनु नपरोस भन्ने उद्देश्यका साथ अस्पतालले सेवा सुचारु गर्ने निर्णय गरेको कार्यकारी अधिकृत थापाले बताए । असोज १८, १९ २० र २१ गते आकस्मिक एवं बहिरंग विभाग (ओपिडि)बाट हुने सबै सेवाहरु प्रवाह गर्न चिकित्सक एवं स्वास्थ्यकर्मी सहितको टोली परिचालन हुने छन । विहान, दिउसो र साँझ गरि तिनवटै सिफ्टमा उपचार सेवा प्रवाह हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्