Logo
|
Tuesday 16th April 2024
Logo

epaper

नेपाल मेडिसिटीले दशैँमा उपचार सेवा सुचारु गर्ने

आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४सैं घण्टा खुल्ला रहने




जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । नेपालीहरुको महान चाड विजयदशमीको समयमा पनि नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ ।कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४सैं घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ । विशेषगरी अस्पतालको आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४सैं घण्टा खुल्ला रहने साथै दिउसो ओपिडि सेवापनि सुचारु रहने भएकोले विरामीहरुलाई विदाको समयमापनि सहजउपचार सेवाप्राप्तहुने अस्पतालले जनाएको छ ।विदाको समयमा विशेषगरी विरामीहरुको स्वास्थ्य आवश्यकतालाई मनन् गर्दै आकस्मिक उपचार सेवामा पर्याप्त चिकित्सकहरुको ब्यवस्था गरिएको इमरर्जेन्सी विभागका प्रमुख डा.संजय कार्कीले बताउनुभयो ।चाडबाडको बेलामा प्रि हस्पिटल केयर अन्तगर्त एम्बुलेन्स र देशका कुनै पनि स्थानहरुबाट हेलीएम्बुलेन्स सेवाको आवश्यकता परेमा पनि आफूहरु तयारी अवस्थामा रहेको उहांले जानकारी गराउनुभयो ।अस्पतालले विरामीहरुको रोगको सघनतालाई हृदयंगमगर्दै आईसियु, सिसियु र एनआईसियु सेवालाई पनि चुस्तदुरुस्त राखिएको क्रिटिकल केयर विभागका डा. दिप्तेश अर्यालले बताउनुभयो ।त्यसैगरी अस्पतालले चाडबाडको समयमा आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रियाका लागि पनि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको ब्यवस्था गरेकोले ढुक्कसंग नेपालीहरुको महान चाड मनाउन तथा कुनै प्रकारको स्वास्थ्य समस्या परेमा नेपाल मेडिसिटीको हटलाईन११३४ मा सम्पर्क गर्न समेत अग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्