Logo
|
Saturday 16th November 2019
NEWS PAPER

विश्व मानसिक स्वास्थ्य दिवस २०१९ः ‘४० सेकेन्डको कार्य’ आत्महत्या रोकथामका लागि जागरुकता जगाउन ध्यान केन्द्रित गर्न आग्रह

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्ने



जनस्वास्थ्य सरोकार, २३ असोज २०७६ । आज विश्व मानसिक स्वास्थ्य दिवस हो । यो दिवस हरेक वर्षको अक्टुवर १० तारेखमा मनाउने गरिएको छ । विश्व स्वास्थ्य संघलगायत विश्वव्यापी मानसिक स्वास्थ्य संस्थाको पहलमा सन् १९९२ देखि विश्वव्यापी रुपमा नेपाल लगायत १ सय ५० भन्दा बढी मुलुकमा मनाउने गरिएको छ । यो दिवस विश्व मानसिक स्वास्थ्य शिक्षा, जागरुकता र सामाजिक कलंकविरुद्ध वकालत गर्ने दिन हो ।
सन् २०१९ मा ‘आत्महत्या रोकथामका लागि सहकार्य’ भन्ने नारा तय गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्ने गर्छन् । त्यसैले सन् २०१९ मा ‘४० सेकेन्डको कार्य’ आत्महत्या रोकथामका लागि जागरुकता जगाउन ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ ।

नेपालमा ६० लाखमा मानसिक समस्या
विश्वमा क्यान्सर, उच्चरक्तचाप, दम, मधुमेह, इन्जुरी मानसिक समस्या प्रमुख रुपमा देखिएका छन् विश्व स्वास्थ्य संगठनले हरेक जनामध्ये एक जनामा मानसिक समस्या देखिने उल्लेख गरेको अहिले विश्वमा करिब अर्ब जनसंख्यालाई मानसिक समस्या हुनसक्ने अनुमान गरिएको डिप्रेसनबाट मात्र करोड जनसंख्या पीडित छन् विश्व स्वास्थ्य संगठनले नेपालमा करिब २० प्रतिशतमा मानसिक समस्या हुनसक्ने उल्लेख गरेको यसैलाई आधार मान्दा नेपालमा करिब ६० लाख जनसंख्या मानसिक समस्याबाट ग्रसित छन्
४० सेकेन्डमा एक जनाले आत्महत्या
मानसिक रोगमध्ये धेरैलाई हुने डिप्रेसन एन्जाइटी हो डिप्रेसन भनेको दिक्क लाग्ने एन्जाइटी भनेको मन डराउने हो नेपालमा लाख डिप्रेसन, लाख एन्जाइटी लाख कडा मानसिक समस्या भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक यसका साथै अल्कोहल गाँजा खाने समस्या, निद्रा नलाग्ने समस्या, टाउको दुख्ने, वाइपोलार डिसअर्डर, सेक्सुअल समस्यालगायतका धेरै समस्या विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने संगठनको तथ्याक भारतमा हरेक दुई मिनेटमा एक जनाले आत्महत्या गर्छन् यसको मुख्य कारण डिप्रेसन मानिएको
डिप्रेसन के हो ?

यो मन कमजोर हुने रोग हो मन भनेको भाव हो मन मस्तिष्कबाट निस्किने रसायनिक पदार्थहरुले मान्छेको मन विचार डिटरमाइन गर्छ मस्तिष्कबाट विशेष गरेर सेरोटोनिन भन्ने रसायनिक तत्व निस्कन्छ यो तत्वले मानिसको मन डिटरमाइन गर्छ यसको कमीले डिप्रेसनको समस्या देखिने गर्छ यो कडा रोग होइन तर समयमा निदान गर्न नसकिएमा यसले व्यक्तिको ज्यानसमेत लिन सक्छ अहिले डिप्रेसनका कारण हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने तथ्यांक विश्व स्वास्थ्य संगठनले जानकारीमा ल्याएको आत्महत्या गर्ने व्यक्तिहरुमा २० देखि ३० वर्ष उमेर रहेको
लक्षण
मनमा नकारात्मक सोच आउने
मन खुशी नहुने
दिक्क लागिरहने
रमाइलो गर्न मन नलाग्ने
जाँगर नलाग्ने
अल्छी लाग्ने
निद्रा नलाग्ने
भोक नलाग्ने
यौनइच्छामा कमी आउने
शारीरिक तौल घट्ने

कारक तत्व
वंशाणुगत
मनोविज्ञान
सामाजिक
के हुन्छ ?
मन कमजोर हुन्छ
सोचाइ नकारात्मक
व्यवहारमा केही गर्न नसक्ने

उपचार
परामर्श औषधिबाट मानसिक रोगको उपचार गरिन्छ मस्तिष्कमा हुने रसायनिक तत्व सेरेटोनिनको कमीलाई सामान्य पार्न औषधि सेवन गर्नुपर्छ निद्रा नलाग्नेलाई निद्रा लागेपछि डिप्रेसनमा कमी आउँछ मन कमजोर भएकाहरुले मन बलियो बनाएमा डिप्रेसन हट्नसक्छ डिप्रेसन भएमा मनका कुराहरु बाहिर निकाल्नुपर्छ मनका कुरा परिवार साथीहरुसँग बताउनुपर्छ
जस्तोः आधा बोतल पानी भरिएको भन्ने कि आधा बोतल खाली आधा बोतल भरेको भन्न पनि सकिन्छ वा आधा बोतल खाली पनि भन्न सकिन्छ डिप्रेसन हुनेले आधा खाली देख्छ भने डिप्रेसन नभएकाहरुले आधा भरिएको देख्छन् निम्न कुरामा ध्यान दिएमा ५० प्रतिशत डिप्रेसनलाई कम गर्न सकिन्छ
रोकथाम
शारीरिक अभ्यासन गर्ने
ठीक समयमा सुत्ने उठ्ने
रक्सी सेवन नगर्ने
औषधि सेवन गरेकाहरुले नियमित गर्ने
मनका कुरा खुलेर बताउने
शारीरिक अभ्यास गर्ने
आवश्यक परेमा चिकित्सकको सल्लाह लिने
कडा खालको मानसिक समस्याका लागि हटलाइनमा सम्पर्क गर्ने

आत्महत्याको सोच राख्ने व्यक्तिमा देखिने लक्षण

आपूmलाई मार्ने धम्की दिने
—‘
मरेपछि कसैले देख्दैनन्जस्ता कुरा गर्ने
कीटनाशक औषधि,हातहतियार, विषलगायत आफ्नो ज्यान लिने माध्यमहरु इन्टरनेटमा खोज्ने
परिवार, इष्टमित्रहरूलाई बिदाइ गर्ने
आफ्नो सम्पत्ति बाँडिदिने
आफ्नो अन्तिम इच्छा लेख्ने

आत्महत्याको जोखिममा को को पर्दछ ?
एक पटक आत्महत्याको प्रयास गरिसकेका व्यक्ति
उदासीन महसुस गरेका व्यक्ति
जाँडरक्सी, लागूपदार्थको समस्या भोगिरहेका व्यक्ति
भावनात्मक विचलित भएका व्यक्ति जस्तै आफ्नो
नजिकको व्यक्ति गुमाएको, सम्बन्धविच्छेद भएका
कुनै दीर्घकालीन रोगबाट ग्रसित व्यक्ति
युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेका व्यक्ति
समाजबाट वहिष्कार भएका व्यक्ति
के गर्ने ?
आत्महत्याबारे कुरा गर्ने उपयुक्त समय शान्त ठाउँ खोज्ने
विशेषज्ञ जस्तै मनोचिकित्सक, मनोविमर्शकर्ता, सामाजिक कार्यकर्ताको सहयोग लिन प्रोत्साहन गर्ने
आत्महत्याको उच्च जोखिममा भएका व्यक्तिलाई एक्लै नछाड्ने विशेषज्ञ, आपत्कालीन सेवा, स्वास्थ्यकर्मीको सहयोग लिने
आत्महत्याको जोखिममा भएका व्यक्तिको नजिक कीटनाशक औषधि, हातहतियार आदि नराख्ने
के गर्ने ?
विश्वास गर्ने व्यक्तिसँग मनका भावना बाँड्ने
तालिमप्राप्त व्यक्तिहरूसँग सहयोग लिने
परिवार साथीहरूको सम्पर्कमा रहने
दैनिक हिँड्ने व्यायाम गर्ने
नियमित खाने पर्याप्त सुत्ने
रक्सीलगायत लागू पदार्थ सेवन नगर्ने
लागूपदार्थबाट टाढै बस्ने

(यो समाचार वरिष्ठ मनोरोग विशेषज्ञ त्रि. शिक्षण अस्पतालका मनोरोग विभागका प्रमुख प्रा.डा. सरोजकुमार वझासँगको कुराकानीमा आधारित छ ।)

NH
Health News
प्रतिक्रिया दिनुहोस्