Logo
|
Saturday 20th April 2024
Logo

epaper

१०० प्रकारका बाथः भित्री अंग आक्रमण गरेमा ज्यान जाने जोखिम

बाथ रोग बच्चादेखि वृद्ध सबै उमेरमा



वाथ रोग भन्नाले कुनै एक प्रकारको रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । १०० भन्दा बढी प्रकारका बाथ रोगहरु पत्ता लागिसकेका छन् । अटोइम्युन प्रोसेसका कारणले हुने रोगहरु मध्ये बाथ एक हो । अटोइम्युन प्रोसेस भन्नाले हाम्रो शरीरमा हुने रोग प्रतिरोधक क्षमताले आफ्नै शरीरका अंगहरुलाई नष्ट गर्ने अवस्थालाई बुझाउँछ । यो के कारणले हुने भन्ने चाँही अहिलेसम्म सटिक पत्ता लागेको छैन । तर कुनै विशेष जीन शरीरमा भएको अवस्थामा बाथ हुने सम्भावना बढ्छ । त्यस्तै गरेर कुनै जीवाणु, वातावरणीय कारण, चुरोट, घामको परावैजनिक किरण (युभि रे) जस्ता कारणले पनि बाथ हुने सम्भावना बढी देखिने गरेको छ ।
कति प्रकारका छन् ?
बाथ रोग विभिन्न प्रकारका हुन्छन् । अहिले सम्म १०० प्रकारका भन्दा बढी बाथ रोगहरु पत्ता लागिसकेका छन् जसमध्ये कुनैले विशेषगरी जोर्नीलाई मात्र बिगार्दछन् भने कुनैले भित्री अंगमा आक्रमण गरेर मानिसको ज्यानै जान सक्ने पनि हुन्छ ।
कुन उमेरमा बढी
बाथ रोग बच्चादेखि वृद्ध सबै उमेरमा हुनसक्छ । उमेर हेरेर र महिला र पुरुषमा भिन्न भिन्न प्रकारको बाथ देखिन सक्छ । प्रायः उमेर धेरै भइसकेका महिला र पुरुषहरुमा कुर्कुरे हड्डी खिइने बाथ बढी पाइन्छ जसलाई अस्टियोआर्थराइटिस भनिन्छ ।
मध्य उमेरका महिलामा गठिया बाथ (रयुमाटोइड आर्थराइटिस) बढी पाइन्छ त्यस्तै गरेर १६ देखि ४५ वर्ष उमेर समुहका महिलामा लुपस नामको बाथ बढी देखिने गरेको छ । कम उमेरका अर्था ४० वर्ष भन्दा कम उमेरका पुरुषमा मेरुदण्डको बाथ (स्पोन्डिलोआर्थराइटिस) बढी मात्रामा देखिन्छ भने ४५ वर्ष माथिका पुरुषमा गाउट (युरिक एसिड) र गठिया बढि पाईन्छ ।
लक्षण
बाथको प्रकार अनुसार लक्षणहरु भिन्न भिन्न हुन्छन् । साथै कुन कुन अङ्ग आक्रमण गरेको छ त्यस अनुसार पनि लक्षण फरक हुन्छन् । बाथ रोगका केही लक्षणहरु यी हुन्

  •  साना तथा ठुला जोर्नीहरु सुन्निने, दुख्ने, बिहान जाम भएको जस्तो वा अरठ्ठो हुने, बिहान मुठ्ठी कस्न गाह्रो हुने र दिउँसो हुँदै जाँदा सजिलो हुँदै जाने
  •  बिहान अथवा राति ९सुति सकेपछि० ढाड दुख्ने, अररो हुने
  • घुँडा दुख्ने तल माथि गर्दा बढी दुख्ने, सुन्निने
  • घाममा जाँदा शरीरमा डाबर आउने, चिलाउने, घाउ आउने
  •  मुख भित्र बारम्बार घाउ हुने
  •  चिसोमा आंैलाको रङ्ग परिवर्तन भएर सेतो वा निलो हुने
  •  औंलाको टुप्पामा बारम्बार घाउ हुने
  •  अाँखा बारम्बार रातो हुने
  •  मुख एवं आँखा सुख्खा हने
  •  शरीरका मांशपेशी दख्ने र अधिक मात्रामा थकान महशुस हुने
    जटिलताहरु
  •  भित्री अङ्गहरु आक्रमण गर्न सक्छ । जस्तै आँखा, मुटु, फोक्सो, मृगौला, मस्तिस्क, आन्द्रा, नशा आदि ।
  •  मुख्य अङ्गहरु बिग्रेमा मानिसको मृत्यु पनि हुन सक्छ ।
  •  दैनिक काम गर्न असहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्