Logo
|
Friday 19th April 2024
Logo

epaper

के हो हड्डी मक्किने रोग ‘ओस्टेपोरोसिस’ ? किन महिलालाई बढी हुन्छ ?

सन्दर्भ: विश्व ओस्टेपोरोसिस दिवस



जनस्वास्थ्य  सरोकार काठमाडौँ, कात्तिक ३ । आज विश्व अस्टेपोरोसिस दिवस । अस्टेपोरोसिसलाई सामान्य भाषामा हड्डी मक्किने रोग भनेर बुझ्न सकिन्छ । मानिसको उमेर ढल्किदै जाँदा हड्डीमा विभिन्न किसिमका कमजोरीपना देखिन थाल्दछ । आफ्नै शरीरको वजन तथा साधारण चोटपटकले पनि हड्डी भाँचिन सक्दछ । विश्व स्वास्थ्य संगठनका सन् २००० को तथ्याङ्क अनुसार ओस्टेपोरोसिसले विश्वभर करीव २० करोड मानिसलाई असर गरेको पाईन्छ । त्यसमध्ये ९० लाख मानिसलाई ओस्टेपोरोसिस फ्याक्चर हुने गर्दछ । यो रोग पुरुषको तुलनामा महिलालाई बढी हुने गर्दछ । पुरुषहरुलाई ७० बर्ष नाघेपछि देखिने यो रोग महिलालाई ५५ बर्ष नपुग्दै देखिन सक्छ ।

हड्डी खिइने रोगको कहाँ देखिन्छ र कसरी देखिन्छ ?
यो समस्या बढी मात्रामा मेरुदण्ड तथा जोर्नीहरु नजिकको हड्डीहरुमा देखिन्छ । यस्तो समस्यामा देखिनुको कारण हाम्रो शरीरमा नियमित रुपमा नयाँ हड्डी निर्माण भईरहेको हुन्छ र त्यसले पुरानो हड्डीलाई प्रतिस्थापन गर्दै जाँन्छ । युवा तथा किशोर उमेरमा योक्रम छिटो छिटो हुन्छ तर उमेर ढल्केसगै हड्डी विकास हुने क्रम पनि घटदै जान्छ । अन्तत बुढेसकाल लाग्न थालेपछि नयाँ उत्पादनदर कम हुन थालेपछि पुरानो हड्डी रहिरहन्छ । फलस्वरुप पुरानो हड्डी कमजोर हुन थाल्छ । त्यसपछि हड्डी कमजोर हुने र खिइने प्रक्रिया सुरु हुन्छ ।
लक्षण
यो रोगमा सुरुमै खासै लक्षणहरु देखिदैन् । तर हड्डी खिइन थालेपछि भने ढाड दुःख्ने, नशा च्यापिने, रिगाँटा लाग्ने जस्ता लक्षणहरु देखिन्छ । मेरुदण्डको हड्डी धसिएर उचाई घट्दै जान्छ । हड्डी सजिलै भाँचिन थाल्छ ।
महिलालाई छिटोे कारण
महिलाहरुको महिनावारी बन्द हुने समयमा शरीरमा हर्मोनको असन्तुलन हुन्छ । शरीरमा एस्ट्रोजिन कम भएर जान्छ । जसले गर्दा ५० कटेका महिलाहरुलाई अस्टेपोरोसिस समस्या बढि हुने गर्दछ । त्यस्तै थाइराइड हार्मोन बढी भएको, प्याराथाईराइड एड्रानल ग्ल्याण्डहरुको समस्या बढी भएका महिलाहरुलाई यो समस्या छिटो हुन सक्छ । यसका अलवा मोटोपन आलस्य व्यक्तिहरुलाई हुन सक्छ ।
डायग्नोसिस
हड्डी कमजोर भएपछि समस्या देखापर्न थाल्दछ । समयमा रोगको पहिचान भयो भने उपचार गर्न सजिलो हुन्छ । हड्डीको एक्स–रे तथा स्क्यान गर्ने मेसिन ‘डेक्सास्क्यान’ आदिबाट हड्डी कमजोर छ छैन थाहा पाउन सकिन्छ । डेक्सास्क्यानले हड्डीको खोक्रोपना सुरुमै पत्ता लगाउन सक्छ ।
कसरी बच्ने ?
हड्डी स्वस्थ र बलियो बनाउनु पर्छ । पोषिलो खानेकुरा तथा क्याल्सियम तत्व हुने खाद्यपदार्थ जस्तै दुध, फलफुल सागसब्जी र माछामासु प्रशस्त सेवन गर्नुपर्छ । १८ देखि ५० बर्ष उमेरका महिला तथा पुरुषलाई प्रतिदिन १ हजार मिलीग्राम क्याल्सियम आवश्यक पर्दछ । सो भन्दा बढी उमेरका व्यक्तिलाई १ हजार २ सय मिलीग्राम क्याल्सियम आवश्यक पर्दछ । गर्भवती तथा स्तनपान गराइरहेकी महिलालाई अझै बढी क्याल्सियम आवश्यक पर्दछ । त्यस्तै भिटामिन डी पनि आवश्यक पर्दछ । भिटामिन डीले क्याल्सियम सोस्न मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्