Logo
|
Saturday 20th April 2024
Logo

epaper

चितवन मेडिकल कलेजमा भएको हिंसात्मक र अप्रत्यासित घटनाप्रति नेपाल चिकित्सक संघको आपत्ति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शल्यक्रिया गरिएकी बिरामीको मृत्युको विषयलाई लिएर चितवन मेडिकल कलेजमा भएको हिंसात्मक र अप्रत्यासित घटना प्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।
संघले सोमबार प्रेश विज्ञप्ती निकाल्दै अत्यन्तै अमानविय अपराधिक गतिविधिहरु गरि शान्तिपुर्ण वातावरणमा काम गर्ने गराउने वातावरणलाई नै खलल पु¥याइएको भन्दै आपत्ति जनाएको छ ।
संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकहरुलाई अपराधकर्मीले लखेटी लखेटी शरीरिक हातपात तोडफोड गर्ने जस्ता जघन्य अपराध हुनुले स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको र यसबाट उत्पन्न परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जीम्मेवार हुन नसक्ने बताउनुभएको छ । उहाँले चितवनमा भएको चिकित्सक एवं स्वास्थ्यकर्मीहरु र नेपाल चिकित्सक संघ चितवन शाखालाई यस्ता अपराधिक क्रियाकलापको सशक्त विरोध गर्न आग्रह समेत गर्नुभएको छ  । संघले यस्ता जघन्य अपराधमा संलग्न भएका ब्यक्तिहरुलाई चाडोभन्दा चाँडो कारबाही गर्न माग समेत गरेको छ ।
नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्