Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मनमोहन अस्पतालमा ‘क्याथ ल्याब’ सेवा शुरु

पहिलो दिनमै दुईवटा ‘एन्जियोग्राफी’ टेस्ट



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ‘क्याथ ल्याब’ सेवा सुरु गरेको छ । अस्पतालले आजैबाट ‘एन्जियोग्राफी’ सेवा पनि शुरु गरेको छ । अस्पतालका प्रवन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीको उपस्थितीमा डा. सञ्जयकुमार श्रेष्ठ, डा.प्रविन्द्र महर्जन, डा.श्यामेन्द्र सिंह, मेट्रोन कृष्ण पौड्याल, नर्सिङ सिस्टर राधा क्षेत्री, ईन्दिरा अधिकारी, त्यस्तै टेक्निसियनमा शक्ति रानाभाट लगायत सदस्यहरुको टिमको संयोजकत्वमा यो सेवा चल्ने अस्पतालका सूचना अधिकृत तथा आइटी स्पेसलिस्ट अरविन्द ठाकुरले बताउनुभयो । पहिलो दिनमै दुईवटा ‘एन्जियोग्राफी’ टेस्ट गरेर सेवा शुरु गरिएको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्