Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रसूतिपूर्व अपनाउनै पर्ने सावधानी



गर्भावस्था सामान्यतया ९ महिनासम्म रहन्छ । यो समय अति नै संवेदनशील हुन्छ । यसर्थ, यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ । साथै, गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खानाको बढी आवश्यकता हुन्छ । यसर्थ, सखरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, गाजर, ब्रोकाउली, काउलीको तरकारी खानुपर्छ । अब जानौँ अपनाउनुपर्ने सावधानी :- सधैँ सफा रहने र सम्भव भएसम्म दिनहुँ नुहाउने ।
– पौष्टिक खाना खाने ।
– हलुका, खुकुलो र आरामदायी कपडा लगाउने ।
– ठूलो हिल भएको जुत्ता–चप्पल नलगाउने ।
– तनावयुक्त काम नगर्ने, आराम गर्ने ।
– चिल्लो, पिरो, अमिलो आदि नखाने ।
– ९ महिना लागेपछि दिनको १० घन्टासम्म आराम गर्ने ।
-राति ८ घन्टा सुत्ने तथा दिनमा २ घन्टा बायाँ कोल्टे परेर पल्टिने ।
– कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने ।
– हरियो सागसब्जी खाने र दूध पिउने ।
– मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा रहने ।
– विशेषगरी, पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने ।
–मोटरसाइकल/स्कुटर नचलाउने ।
–शारीरिक सम्पर्क नराख्ने ।
–चिकित्सकको सल्लाहविना जथाभावी औषधि नखाने र प्रयोग नगर्ने ।

 

 

प्रतिक्रिया दिनुहोस्