Logo
|
Thursday 25th April 2024
Logo

epaper

पनिर खाने सही समय



 पनिर नेपालसँगै दक्षिण एसियाकै महत्वपूर्ण परिकार हो । यो प्रायः सबै उमेरकाले मन पराएको पाइन्छ । जो मानिस शुद्ध शाकाहारी छ, उसका लागि त पनिर झनै पहिलो रोजाइको परिकार हुने गर्छ । हो, तपाईं पनि पक्कै पनिर खानुहुन्छ । यद्यपि, तपाईंलाई थाहा नहुन सक्छ, पनिर खाने पनि खास समय हुन्छ भनेर । पनिर खाने पनि खास समय अवश्य हुन्छ । अब यो तपाईंलाई थाहा हुन जरुरी छ । ताकि, तपाईंले मन पराएर खाएको परिकारले हानि नगरोस् ।- पनिर व्यायाम गर्नुभन्दा ठीक अघि र पछि नखानुहोस् । यस्तो समयमा खाँदा यसले तपाईंलाई बेफाइदा गर्छ । यसमा तैलीय तत्व  (फ्याट) बढी हुन्छ । व्यायामको ठीक अघि र पछि फ्याटको खास आवश्यकता पर्दैन ।
– यसममा पनि व्यायाम गर्नुभन्दा पछि त पनिर झनै नखानुहोस् । यदि खाएमा यसमा भएको फ्याटले तपाईंको पाचन क्रियालाई ढिलो बनाउँछ । अन्ततः रोग निम्तिन्छ ।
-राति सुत्नुभन्दा ठीक एक घन्टाअघि पनिर खान सक्नुहुन्छ । सुतेको वेला शरीरका मांसपेशीको लम्बाइ बढेको हुन्छ । यतिवेला शरीरलाई प्रोटिनको आवश्यकता हुन्छ ।
– पनिर सधैँ सन्तुलित मात्रामा खानुहोस् । यसरी खाँदा तपाईं फिट हुनुहुन्छ । बढी खानुभयो भने तपाईंमा मोटोपन बढ्छ ।
पनिर बनाउने क्रममा निस्कने फाटेको दूध तपाईं पिउन सक्नुहुन्छ । पनिरको पानी स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, फ्याट र प्रोटिन यसबाट प्राप्त हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्