Logo
|
Thursday 18th April 2024
Logo

epaper

गर्भावस्थामा हुने शारीरिक परिवर्तन



– पहिलो १२ हप्ता : खाना अमन हुने, वाकवाकी लाग्ने, स्तन दुख्ने तथा भारी हुने ।
– १३–२८ हप्ता : वाकवाकी लाग्न हराउने, छालाको रङ परिवर्तन हुने, मुखमा चाया–पोतो आउने, पेट बढेको देखिने, पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने । पहिलोपटक गर्भवती भएको भए महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।
– २८ देखि ४० हप्ता : पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने, बढ्दै गरेको पाठेघरले पिसाबथैली थिच्ने हुनाले पटक–पटक पिसाब लाग्ने, ढाड दुख्ने ।
– आठौँ महिनामा घरीघरी पाठेघर खुम्चिने र पेट दुख्ने, नवौँ महिनामा बढेको पाठेघरले पेट, मुटु र फोक्सोमा दबाब दिने कारणले सास फेर्न गाह्रो हुने तथा थोरै खाना खाँदा पनि पेट भरिएर अप्ठ्यारो हुने ।

प्रतिक्रिया दिनुहोस्