Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रधानमन्त्रीको तेस्रोपटक डायलाईसिस हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जाँदैछन् । उनले आइतबार नै मन्त्रिपरिषद्को बैठक डाकेका छन्।  प्रधानमन्त्री डायलासिसका लागि ग्रान्डी अस्पताल जान लागेको र फर्किएपछि मन्त्रिपरिषद बैठक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए।

तेस्रो पटक डायलासिस गराउन ओली अस्पताल जान लागेका  हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो।

नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै प्रचारमा आएजस्तो आफू सिकिस्त बिरामी नभएको स्पष्ट पारेका थिए उनले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताए।

‘मिर्गौलाले दुःख दियो,’ ओलीले बैठकमा ब्रिफिङ गरेका थिए, ‘केही रिपोर्ट आउन बाँकी छ । सबै रिपोर्ट आएपछि डाक्टरले थप निर्णय गर्नुहुनेछ ।’

ओलीको स्वास्थ्यमा सुधार भएपछि नेकपाको सचिवालय बैठक डाकिएको थियो । मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि खाइरहेका ओली दुई पटक उपचारका लागि सिंगापुर पुगेका थिए ।

पछिल्लोपटक भदौ ५ मा ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी फेरिसस अस्पतालमा प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो । त्यसपछि पनि ओलीको स्वास्थ्यमा समस्या आइरहेकाले अब नियमित डायलासिस वा मिर्गौला प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी ओलीले बैठकमा गराएको स्रोतले बतायो । अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्