Logo
|
Friday 29th March 2024
Logo

epaper

समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशय सम्भव होला त ? के भन्छन् वैज्ञानिकहरु ?

एजेन्सी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । द नेदरल्याण्ड्सका चिकित्सक र डिजाइनरहरु मिलेर समय नपुगी जन्मेका शिशुहरुलाई लक्षित गर्दै कृत्रिम गर्भाशय निर्माण गरिरहेका छन् । वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ । प्रत्यक वर्ष संसारमा १.५ करोड शिशु समय नपुगी जन्मिन्छन् । ति मध्ये आधा भन्दा बढीको मृत्यु हुने गर्दछ । गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडी जन्मेका शिशुहरूको मृत्युदर उच्च हुने गरेको छ ।
डिजाइनर लिसा मेन्डमेकर भन्छिन् –‘हामीले कृत्रिम गर्भाशय बनाएका छौँ । अहिले त्यसलाई परिक्षण गरिरहेका छौँ ।’ यसभित्र पाँच ठुला बेलुनहरु छन् । जहाँ शिशुहरु आफ्नै तरल पदार्थमा पौडी खेले जसरी बस्नेछन् । त्यहाँ आवश्यक तरल पदार्थको सञ्चार हुनेछ ।
माक्सिमा मेडिकल सेन्टरका स्त्रीरोग विशेषज्ञ डा. गुइड ओई भन्छन् –‘२७ वर्ष अघि स्त्रीरोग चिकित्सकको तालिम लिँदै गर्दा मलाई कृत्रिम गर्भाशय सम्भव छ भन्ने लागेको थियो ।’ कृत्रिम गर्भाशय कृतिम तरल पदार्थ र इन्क्युबेटर हावाले भरिएको हुन्छ । डा. गुइड ओई थप्छन् –‘इन्क्युबेटर प्रतिकुल स्थन हो । हावाले फोक्सोलाई असर पु¥याउँछ ।’ उनका अनुसार समयभन्दा धेरै छिटो र सानो जन्मिएको शिशुलाई यस कृत्रिम गर्भाशयमा राखिन्छ । त्यसपछि कृत्रिम सालनालसँग जोडिन्छ । कृत्रिम गर्भाशय भित्र पानी र अन्य आवश्यक पोषकतत्वले भरिएका तरल पदार्थ हुन्छन् । त्यहा नाभी मार्फत शिशुले अक्सिजन र अन्य पोषण आमाको गर्भ जसरीनै पाउँछन् । शिशुलाई केहि साता गर्भाशाय भित्र राखिन्छ । शिशु बढ्न थाल्छ । उसलाई चार हप्ता पछि फेरी जन्माइन्छ । भविश्यमा कृत्रिम गर्भाशय महिलाहरुको जीवनशैलीको अंग बन्न सक्नेछ । गर्भवती हुँदा वाकवाकी लाग्ने तथा शरीरमाहुने अन्य शरीरिक परिवर्तन मन नपराउने महिलाहरुका लागि यो विकल्प हुन सक्छ । त्यस्तै समलिङ्गीका लागि पनि महत्वपुर्ण सावित हुन सक्छ । यसले बच्चामा पर्ने असरबारे वैज्ञानिकहरु अनुसन्धान गरिरहेका छन् । यसका आपतकालिन र दीर्घकालिन असर थाहा छैन । यो परियोजना सम्भव हुन पाँच वर्ष लाग्ने वैज्ञानिकहरुको भनाई छ । तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्