Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्राणिक हिलिङबाट सामान्य रुघाखोकीदेखि क्यान्सरसम्मको उपचार सम्भव



प्राणिक हिलिङको सिद्धान्तअनुसार हरेक मानिसमा आन्तरिक ऊर्जा बढी मात्रामा हुन्छ । शरीरबाट आउने सकारात्मक ऊर्जाबाट कुनै पनि रोग निको पार्न सम्भव छ । यसरी निको पार्ने पद्धति प्राणिक हिलिङ हो । यो शब्द (प्राणिक हिलिङ)को अर्थ नै आत्माबाट आउने बलका माध्यमले रोग निको पार्नु हुन्छ ।

केही तथ्य
– प्राणिक हिलिङको सिद्धान्त फिलिपिन्सबाट सुरु भएको हो । जसको सुरुवात सन् १९८७ तिर मास्टर चोवा कोक सुईले गरेका थिए ।

– प्राणिक हिलिङ चिकित्सा शिक्षाकै पुरक हो, यो अध्ययन र विज्ञानमा आधारित छ ।

– कतिपय अवस्थामा प्राणिक हिलिङ सोचाइमा समेत भर पर्छ । यदि, बिरामीले प्राणिक हिलिङमा विश्वास गर्छ भने, जस्तोसुकै अवस्थाको रोग पनि ठीक हुन्छ भन्ने मान्यता राखिन्छ ।

– जसको माध्यमबाट बिरामीको शरीरमा नछोइकन र कुनै औषधि प्रयोगबिना नै उपचार सम्भव हुन्छ ।

– प्राणिक हिलिङ उपचार पद्धति नेपालमा सुरु भएको धेरै भएको छैन । तर, धेरैले यस पद्धतिबाट उपचार गराउने गरेका छन् । जसबाट निम्न किसिमका शारीरिक तथा मानसिक रोगको उपचार गर्न सकिन्छ ।

शारीरिक उपचार
प्राणिक हिलिङको माध्यमले सामान्य रुघाखोकीदेखि क्यान्सरसम्मको उपचार सम्भव छ । विभिन्न वंशाणुगत रोगदेखि बाहिरी वातावरणका कारण लाग्ने समस्या ठीक पार्न सकिन्छ । शरीरभित्रका विषाक्त वस्तु बाहिर निकालेर उपचार गरिन्छ ।

मानसिक उपचार
सामान्यतया मानिसको शरीरलाई दिमागले नियन्त्रण गरिरहेको हुन्छ । मस्तिष्ककै आधारमा भावना क्रियाशील रहन्छन् । प्राणिक हिलिङले नकारात्मक भावनालाई बाहिर निकालेर सकारात्मक ऊर्जा शरीरमा पठाएर उपचार सम्भव बनाउँछ । सोचाइ, परिवेश र तनावका कारण मानिसको स्वास्थ्यमा परेको असर सजिलै हटाउन सकिन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्