Logo
|
Thursday 28th March 2024
Logo

epaper

यसरी गरिन्छ होलबडी चेकअप



कुनै पनि रोगको लक्षण बाहिर देखिनुभन्दा अघि नै पत्ता लागेमा छिटो उपचार सुरु हुन्छ । अनि, जुनसुकै रोग पनि निको हुने सम्भावना शतप्रतिशत रहन्छ । साथै, दीर्घकालीन रोग लाग्ने सम्भावनासमेत कम हुन्छ । यद्यपि, निरोगी हुने नाममा सबै अंगको परीक्षण भने गर्न आवश्यक हुँदैन । कुनै रोगको शंका लागेमा सम्बन्धित चिकित्सकसँग परामर्श गरी सम्बन्धित अंगको मात्रै परीक्षण गर्न उपयुक्त हुन्छ ।

चेकअप विधि

  • होलबडी चेकअपमा सर्वप्रथम त रगतको जाँच गरिन्छ । रगतमा संक्रमण, ब्याक्टेरिया र सेता रक्तकोषको मात्राबारे जाँच हुन्छ । सिबिसी र इएसआर गरी दुई तरिकाले रगतको जाँच गरिन्छ । सिबिसीअन्तर्गत रगतसम्बन्धी रोग र इन्फेक्सनबारे तथा इएसआरअन्तर्गत रगतमा सेता रक्तकोष (डब्लुबिसी) बढेमा हुने समस्याका बारे परीक्षण हुन्छ ।
  • शरीरमा चिनीको मात्रा परीक्षण गरिन्छ । अनि, मधुमेह हुने सम्भावनासमेत थाहा लाग्छ । रगतमा चिनीको मात्रा बढी भएमा सावधानी अपनाउन सुझाब दिइन्छ ।
  • मिर्गौलाको परीक्षण गर्न आरएसटी विधि अपनाइन्छ । उक्त परीक्षणबाट मिर्गौलाको काम र अवस्थाबारे जानकारी प्राप्त हुनछ ।
  • कलेजोको परीक्षण गर्दा यसमा निस्कने रसको मात्रा जाँच गरिन्छ । यदि कलेजोले चाहिनेभन्दा बढी रस उत्पादन गरेको छ भने त्यहाँ केही समस्या सिर्जना हुने खतरा छ भन्ने बुझ्नुपर्छ ।
  • थाइराइडले उत्पादन गर्ने टि–थ्री, टि–फोर र टीएसएचको मात्रा घटबड भएको पत्ता लगाउन यसको जाँच गरिन्छ । सामान्य जाँचबाटै टिएसएच हर्मोनको मात्रा पत्ता लगाउन सकिन्छ ।
  • मुटुको अवस्था थाहा पाउन इसिजी गरिन्छ । जसबाट रक्तप्रवाह, हृदयाघात, मृटु सुन्निएको आदि पत्ता लाग्छ ।
  • छातीको एक्सरे गरेर पानी जमेको वा छातीमा दाग भएको हेर्न सकिन्छ ।
  • यीबाहेक पनि होलबडी चेकअपमा शरीरमा भिटामिन डी, आइरन र चिल्लो पदार्थको मात्राको समेत जाँच गरिन्छ ।

हाम्रो शरीरका अंगहरूमा कुनै गडबडी छ कि भनेर सामान्य अवस्थामा गरिने शारीरिक परीक्षण होलबडी चेकअप हो । कुनै रोगको लक्षण बाहिर देखिनुभन्दा अगाडि नै अपनाइने पूर्वजानकारी पनि हो यो । होलबडी चेकअपमा मुटु, कलेजो, फोक्सो, मिर्गौला र छातीको भिडियो एक्सरे गरिन्छ । (फिजिसियन डा. विनोद पन्थ वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्