Logo
|
Friday 19th April 2024
Logo

epaper

चिकित्सकको अभावले महाकाली अस्पताल सञ्चालनमै समस्या



जनस्वास्थ्य सरोकार, कञ्चनपुर ।  चिकित्सकको अभावले कञ्चनपुरको महाकाली अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अस्पतालमा बिरामी समेत आउन छोडेका छन् । सरकारले दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध गराउन नसकेपछि महाकाली अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग विशेषज्ञ डा.हरिकुमार श्रेष्ठ मात्रै कार्यरत छन् । मेडिकल सुपरिटेण्डेनका रुपमा रहेका डाक्टर श्रेष्ठको २ वर्ष पूरा भइसकेको छ भने समायोजनमा परेका डाक्टरसमेत हालसम्म अस्पतालमा हाजिर भएका छैनन् । दरबन्दी अनुसार विशेषज्ञ डाक्टरको पदपूर्ति नहुँदा बिरामीलाई सेवा दिन समस्या मात्र नभई अस्पताल सञ्चालनमै समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले दरबन्दीका डाक्टर पठाउन नसकेपछि अस्पताल विकास समितिले डा.धिरज जोशी र डा.मोहमद अहमद खानलाई नियुक्त गरेको छ । एक सय शैया सञ्चालनमा रहेको अस्पताल भौतिक संरचना अनुसार सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिन्छ । तर अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर भएकाले बिरामीको संख्या दिनप्रतिदिन घट्दै गएको छ । यस क्षेत्रका बिरामीहरु चर्को मूल्य तिरेर निजी क्लिनीक तथा भारतीय सीमावर्ती बजारस्थित अस्पतालहरुमा गएर उपचार गराउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्