Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. केसीको जीवनरक्षाका लागि चर्को दवाव



 चिकित्सा शिक्षा सुधारको माग गर्दै १७औं चरणको अनशन थालेका प्रा.डा. गोविन्द केसीको जीवनरक्षाका लागि सुदूरपश्चिममा चर्को आवाज उठेको छ । केसी अनशन बसेको आज छैटौं दिन पुग्दा उनको पक्षमा हजारौं डडेल्धुराबासीहरू सडकमा उत्रिएका छन् ।
विशेषतः नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघ सस्थाहरूको अगुवाइमा डडेल्धुरा र आसपासका जिल्लमासमेत वृहत दबाब र्यालीसहित नाराजुलुस गरिएको छ । केसीकै पक्षमा ऐक्यवद्धता जनाएर उनको जीवनरक्षाको माग गर्नेहरूको चाप थाम्न स्थानीय प्रशासनले सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्