Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रधानमन्त्री ओलीको मिर्गौला फेलसँगै तेस्रोपटक हेमोडायलाईसिस

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ गते हेमोडायलाईसिस गरिसकिएको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलसिस सम्पन्न भएको छ ।
प्रधानमन्त्रीकी निजी चिकित्सक एवं नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र ट्रान्सप्लान्ट सर्जन प्रा.डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको तेस्रोपटक हेमोडायलाईसिस गरिएको र नियमित स्वास्थ्य परीक्षण तथा उपचारसमेत गरिएको उल्लेख छ ।
मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ गते हेमोडायलाईसिस गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्