Logo
|
Thursday 28th March 2024
Logo

epaper

मुटु रोग पहिचान र समाधान

डा. राजिबराज भण्डारी




जनस्वास्थ्य सरोकार, काठमाडौँ।  मुटु शरीरभित्र रहेको मांशपेशीय मुख्य अंग हो । मुटुले रगत पम्प गरेर शरीरका हरेक तन्तु र कोषमा अक्सिजन र पोषण तत्व पु¥याउँछ । यसैगरी मुटुमा पुगेको अशुद्ध रगत मुटुले पम्प गरेर फोक्सोको रगत सफा गर्ने क्यापिलरीमा पठाइदिन्छ । यहाँ अक्सिनेसन हुन्छ । रगतमा अक्सिजनको मात्रा बढ्छ । कार्वडाइअक्साइडको मात्रा फालिन्छ । रगत शुद्ध भएपछि आर्टरीले मुटुको देव्रेपटीको भागबाट एओर्टा नामक ठूलो नशाबाट पम्प गरेर शरीरभर रगत पठाउँछ । मुटुमा भएका अटोमेटिक सिस्टमले मुटु चल्छ । मुटुको आफ्नै अटोमेटिक सिस्टमले इलेक्ट्रिकल इम्पल्सन तयार गर्छ । मुटुको देव्रेपटीको माथिको भागमा पेशमेकर हुन्छ । त्यहाँ साइनस नोड हुन्छ । त्यहीबाट करेन्ट निस्कन्छ । त्यो करेन्ट तल सरेर आएपछि मुटु खुम्चिन्छ । यो कार्य निरन्तर भइरहन्छ । यसरी मुटुलाई खुम्च्याउने काम अटोमेटिक भइरहेको हुन्छ र शरीरमा रक्तसञ्चार आफ्नै गतिमा हुन्छ । त्यसैले मुटुको पम्प गर्ने क्षमता राम्रो चाहिन्छ । पम्प गर्न मांसपेशी बलियो हुनुपर्छ । मांसपेशी बलियो बनाउन आपूर्ति बलियो हुनुपर्छ । खुम्चने सिस्टोलिक र फूल्ने डायस्टोलिक हो । डायस्टोलिकमा मुटुले आफूले रगत लिन्छ र सिस्टोलिकमा अरुलाई पठाउँछ । माथिको सिस्टोलिक र तलको डायस्टोलिक रक्तचाप हो । रक्तचाप दुवै बढ्नु हुँदैन । माथिको १३०–१४० ननघाउनु भनिन्छ भने तलको ९० बढाउनु हुँदैन । तलको रक्तचाप बढ्दा शरीरलाई धेरै क्षति पुग्ने भएकाले तलको रक्तचाप बढेम खतरा मानिएको हो । त्यसैले बेलाबेलामा परीक्षण गरेर मुटु ठीक राख्न सकेमा संभावित खतराबाट बच्न सकिन्छ ।
ई.सी.जी. र इको
ई.सी.जी. मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएनभएको सामान्यत छुट्याउन मद्दत गर्छ । इको कार्डियोग्राफीले मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ । इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।
एबिपी , होल्टर र टिएमटी
एबिपी मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदा उच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधि खाने वा नखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिन बहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन । मुटुको धड्कन नियमित भएनभएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चाल नियमित भएनभएको हेरिन्छ । चाल कहाँ बाट आइरहेको छ, सामान्य आउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चाल आइरहेको छ भनेर पनि होल्टरले हेर्ने गर्छ । चिकित्सकीय परामर्शपछि बिरामीलाई होल्टर लगाइदिएर घर पठाइन्छ । सामान्यत यसलाई २४ घण्टा सम्म लगाइन्छ, आवश्यक परेको अवस्थामा ४८ घण्टा पनि लगाउनुपर्ने हुनसक्छ । सोही रिर्पोटको आधारमा बिरामीको अवस्था पहिचान गरिन्छ ।
टी.एम.टी.(ट्रेड मिल टेस्ट) मुटुको परीक्षण गर्ने प्रविधि हो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजी मोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधि इसिजी मोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदा इसिजीमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावना भएनभएको थाहा पाउन सकिन्छ ।
इन्भेसिव सेवा
इन्भेसिभ सेवाअन्तर्गत मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकर, बेलुन भाल्भोटोमी आदि पर्दछन् । क्याथल्यावको माध्यमबाट ब्लक भएको मुटुको नसाको अवस्था हेर्न कोरोनरी एन्जियोग्राफीको जति महत्व हुन्छ त्यति नै पेरिफेरल एन्जियोग्राफी सेवा पनि महत्वपूर्ण छ । पेरिफेरल एन्जियोग्राफीले मुटुबाहेकका अन्य नसाहरुमा समस्या भएनभएको हेर्ने गरिन्छ । ब्लक भएको मुटुको नसाभित्र बेलुन स्टेन्ट (जाली जस्तो) राखेर नसाबाट रगत सुचारु गर्नुलाई कोरोनरी एन्जियोप्लाष्टी भनिन्छ भने मुटुबाहिरको नसामा बेलुन (जालीजस्तो) राख्नुलाई पेरिफेरल एन्जियोप्लाष्टी भनिन्छ । हृदयघात भएको बेला तत्काल गरिने उपचारलाई प्राइमरी एन्जियोप्लाष्टी भनिन्छ ।

हृदयघात र एन्जियोप्लाष्टी
कोरोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्द हुने समस्यालाई हृदयघात भनिन्छ । खासगरी छातिको बीच भागमा दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ । तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डले अस्पताल पुगेको ९० मिनेटभित्र एन्जियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुका लागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ । हृदयघात भएको १२ घण्टाभित्र बन्द भएको नसा खोल्दा मुटुलाई बलियो राख्न सकिन्छ ।
के हो क्याथल्याव
क्याथल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा मुटु तथा रक्तसञ्चार हुने नसा, मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ । एडभान्सड् हार्ट ब्लक भएमा पेसमेकर लगाउनुपर्ने हुन्छ ।
प्रेसरका बिरामीले नियमित औषधि खानुपर्छ । नियमित व्यायाम गर्ने, मधुमेह नियन्त्रण गर्नाले हृदयघातबाट बच्न सकिन्छ । चुरोट तथा अत्यधिक मदिरापान गर्न हुँदैन । ४० वर्ष नाघेकाहरुले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । उच्च जोखिम भएकाहरुले नियमित फलोअपमा बस्नुपर्छ । बाथज्वरो भएकाहरुले समयमा उपचार गराउनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ ।
(डा. राजभण्डारी गंगालाल र बी एण्ड बी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्