Logo
|
Thursday 28th March 2024
Logo

epaper

नयाँबानेश्वरमा सडक दुर्घटना, सिभिल हस्पिटलका डाक्टरको मृत्यु



नयाँबानेश्वरमा सडक दुर्घटना, सिभिल हस्पिटलका डाक्टरको मृत्यु

संघीय संसद भवनको १ नम्बर गेट अगाडी  आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए । डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको  र  मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको हवल्दार साहीले बताए।

तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।  ठक्कर दिने सवारी चालकको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्