Logo
|
Saturday 20th April 2024
Logo

epaper

अकबरे खुर्सानी : ग्याष्ट्रिक तथा अल्सर रोगको औषधि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अकबरे अर्थात डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ ।

डल्ले खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै अन्य बिमिन्न रोगको नियन्त्रण यसले गर्छ । हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ । अकबरे खुर्सानी स्वादका लागि नभइ स्वाथ्यका लागि पनि उतिकै फाइदा जनक छ ।

यो खुर्सानी तपाई हाम्रो घर गाउमा पनि पाइने खुर्सानी हो । खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ । यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । भने यसले थकाइ पनि मेटाउछ । यसको नियमित सेवन गर्नाले पिसावको बिरामीलाई समेत लाभदायी हुन्छ । त्यसैले अकबरे खुर्सानी स्वास्थ्यका लागि उपयोगि हुन्छ ।

यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो हुन्छ तर यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्छ ।

यसको नियमित सेवनले मोटोपन घटाउनुका साथै अन्य विभिन्न रोगहरू निको पार्छ । रगतमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ भने यसले थकाइ पनि मेटाउछ । यसको नियमित सेवन पिसावको बिरामीलाईसमेत लाभदायी हुन्छ ।

पछिल्लो समय विश्वभर सादा खाना खाने प्रचलन बढ्दै गएको हुँदा मानिसहरु पिरोबाट टाढा रहन थालेका छन् । स्वास्थ्यबारे बढी ख्याल राख्ने प्रवृत्ति बढ्दै गएकाले मानिसहरुले मसाला बिनाको खाना रुचाउन थालेको छ ।

यस्तोमा स्वादलाई बढी प्राथमिकता दिँइदै खुर्सानी र पिरो अमिलोको बढी खानेहरुका लागि एक नयाँ अनुसन्धान खुसीको खबर साबित भएको छ । धेरै पिरो खाँदै गर्दा कतिपय अवस्थामा हाम्रो नाक बग्ने, आँसु आउने अनि मुखबाट पानी निस्किने गर्दछ ।

हामीले महसुस नगरेपनि हाम्रो आन्द्रा र पेटभित्रका विभिन्न अङ्गहरुले पनि पिरोलाई पखाल्न अत्याधिक मात्रामा तरल पदार्थहरुको उत्पादन वृद्धि गर्ने चिकित्सकहरु बताउँछन् । हाम्रो स्वास्थ्य र शरीरका लागि अत्यन्तै लाभदायक हुने उनको भनाइ छ ।

वास्तवमा पिरोमा हुने ‘क्यापसेइसिन’ नामक एक प्रकारको तत्वका कारण नै खुर्सानी खाँदा हाम्रो नाक बग्ने गरेको हो । क्यापसेइसिनका शारीरिक र चिकित्सकीय प्रभावबारे गरिएको एक अनुसन्धानमा यसले एक विशिष्ट प्रकारको ‘पेन रिसेप्टर’ लाई बन्द गराइ सेलहरुलाई उत्तेजित गर्ने गरेको पाइएको थियो ।

‘त्यही उत्तेजनाले हामीलाई पिरो खाँदा पोलेको जस्तो र दुखाइ महसुस गराउँदछ भने हाम्रो तापमान बढाउने र रक्तकोषहरुलाई पातलो बनाउनुको साथै छालामा लगाएमा रातो हुने र पोल्ने गर्दछ’, युनिभर्सिटी कलेज अफ लन्डनका प्रोफेसर एन्थोनी डिकेन्सन बताउँछन् ।

खाँदा मात्र नभएर छालामा लगाउँदा पनि क्यापसेइसिनले यसरी नै काम गर्ने गर्दछ । त्यसैले पनि कतिपय जोर्नी दुख्ने र ‘मसल–पेन’ बाट राहत दिलाउने क्रिमहरुमा यसको प्रयोग भएको पाइन्छ ।

यसरी क्यापसेइसिनको असर कम हुँदै गएपछि प्रभावित पेन रिसेप्टर असंवेदनशील हुन थाल्छ जसले तत्कालै दुखाइ कम गराउने गर्छ । क्यापसेइसिनकै उच्च डोज भएको ‘प्याच’ पनि नसाहरुको दुखाइ, मड्किएको आदिका लागि प्रयोग गर्ने गरिएको छ जसले हप्तौँसम्म दुखाइमुक्त गराउन सक्ने चिकित्सक बताउँछन् ।

यसरी दुखाइबाट राहत दिलाउनुका साथै पिरोका अरु पनि अनगिन्ती फाइदाहरु छन् । चीनमा गरिएको एक अध्ययनमा क्यापसेइसनयुक्त पिरो खानाले मृत्युदर कम गराउन सक्ने दाबी गरिएको छ । किनकी क्यापसेइसनले मुटु र पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्ने गर्दछ ।

त्यस्तै अन्य अनुसन्धानकर्ताहरुले पनि यसअघि क्यापसेइसिनले क्यान्सरबाट जोगाउने स्वस्थ सेललाई सक्रिय गर्ने गरेको सम्बन्धी प्रमाण फेला पारेका थिए । त्यसैगरी यसले हाम्रो कमरको भाग र मुटुलाई सुरक्षित राख्ने कुरा पनि पुष्टि गरिएको छ ।

२०१७ मा गरिएको एक रिभ्युले पनि क्यापसेइसनले मोटोपना–विरोधी प्रभाव पार्ने देखाएको थियो । त्यस्तै २०१५ को अध्ययनमा भने क्यापसेइसिनको सेवनले हाम्रो अङ्ग वरपर जम्ने बोसो हटाउने गरेको पत्ता लगाइएको थियो जसलाई थु्प्रै रोगको कारण मानिन्छ ।

यसैगरी ३६ जना व्यक्तिहरुमा गरिएको अर्को एउटा अध्ययनले पनि क्यापसेइसिनलाई हाम्रो डायटमा समावेश गराउँदा मुटुको काममा सुधार ल्याउने र रगतको बहाव स्वस्थ हुने गरेको पाइएको थियो ।

तर अझै पनि मान्छेले असहज महसुस गराउने पिरो खानेकुरा किन बढी मन पराउँछन् भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । मनोविश्लेषकहरुले मानिसहरुले जोखिमयुक्त र कठिन काम गर्नमा रमाइलो मान्ने गरेकाले नै उनीहरुलाई पिरो खान मज्जा लाग्ने गर्दछ । त्यस्तै यसले मान्छेलाई धैर्य धारण गर्न र जटिल परिस्थितिमा लड्न सिकाउने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्