Logo
|
Thursday 18th April 2024
Logo

epaper

प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौ पटक डायलासिस [अपडेट]

अवस्था सुधारोन्मुख



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौ पटक डायलासिस गरिएको छ । महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार भर्ना भएका प्रधानमन्त्री ओलीको आज बुधबार साँझ डायलासिस गरिएको हो ।

सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुगेका थिए । अस्पतालमा परीक्षण गर्दा उनलाई एपेन्डिसाइटिस (एपेन्डिक्स सुन्निने) र पेरिटोनाइटिस (पेटमा संक्रमण) भएको देखिएको थियो । त्यसपछि उनको शल्यक्रिया गरिएको थियो ।

बुधबार बिहानसम्म ओलीलाई भेन्टिलेटरमा राखिएको थियो । यसअघि प्रधानमन्त्रीको डायलासिस धापासीस्थित ग्रान्डी अस्पतालमा भएको थियो । आइतबारमात्र उनको चौथो पटक डायलासिस भएको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंगलवार भन्दा बुधबार उनको अवस्था सुधारोन्मुख छ ।

प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पु¥याइएको थियो । परीक्षणमा उनलाई ’पेरिटोनाइटिस’ (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै ‘ल्यापरोटोमी’ गरिएको थियो । प्रधानमन्त्री ओलीलाई डा. रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो ।

उनलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहको जानकारी दिए । प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्