Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाल मेडिसिटीमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा शुुरु हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटीको रेडियोलोजी विभागमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा शुरु हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले आउँदो दशकमा जीवनका हरेक पक्षलाई परिवर्तन गर्दैछ जसको वास्तविकता विशेषगरी चिकित्सा क्षेत्रमा धेरै स्पष्ट छ । रेडियोलोजी र मेडिकल इमेजिङको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ । युएस एफडीएका धेरै अनुमोदनहरूहरुका अनुुसार रोगको परीक्षण हुने तरीका तथा यसको निदानको तरिका परिमार्जीत हुँदै आएको छ । मुलुकको एक अग्रणी तथा प्रगतिशील स्वास्थ्य अस्पताल नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ । यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरीय परीक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ्ग केन्द्रका वरिष्ठ रेडियोलोजिष्ट प्रा.डा. रामकुमार घिमिरेको नेतृत्वमा रहेको छ । यस विभागमा आर्टिफिसियल इन्टेलिजेन्स सहितको थप सुरक्षीत र गुणस्तीय एवं विशिष्ट सेवा शुरु हुँदै गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

मेडिसिटीले पहिलो चरणमा ईन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरिनेछ जसले मुटु रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्ने वरिष्ठ रेडियोलोजिष्ट प्रा.डा. घिमिरेले बताउनुभयो ।

यस सेवाविस्तार गर्दै स्वास्थ्यसेवालाई थप गुणस्तरिय बनाई विश्व स्तरमा पुु¥याउने आशा राखेका अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बताउनुभयो ।

नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशी पनि विदेशिने गरेको छ । यसरी विदेशिने प्रमुख कारण भनेको सहि परीक्षण र उपचार नै हो । स्वदेशमै सबै स्थानका समान उपचार प्रदान नहुनु अर्को समस्या हो ।

प्रतिक्रिया दिनुहोस्