Logo
|
Thursday 25th April 2024
Logo

epaper

मध्य उमेरका महिलाले सेक्स डल प्रयोग गर्ने



जनस्वास्थ्य सरोकार । इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द डल हाउस। यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो। कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन्। उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार छन्।

मध्य उमेरका समलिंगी र इतरलिंगी दुवैले सेक्स रोबोटको आनन्द लिइरहेको कम्पनीले जनाएको छ। द डल हाउसका प्रबन्ध निर्देशक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले सेक्स डल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ। महिला–यौन खेलौना अब पुरुषहरूको चाहना मात्र रहेन। केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन्। खास गरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन्।’

महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ। आफूले भनेजस्तो यौन खेलौनाका लागि जति पनि रकम तिर्न तयार महिलाको संख्या ठूलो भएको द डल हाउसका बास बताउँछन्। ‘अचेल विभिन्न प्रकारका सेक्स डल पाइन्छन्,’ उनी भन्छन्, ‘बोल्ने, हाँस्ने, गाउनेदेखि चरमोत्कर्षमा पुगेको अभिनय गर्नेसम्म यौन खेलौना पाइन्छन्।’ बासले तीन वर्षअघि मात्र सेक्स डलको व्यापार सुरु गरेका हुन्। ‘कोही–कोही महिला ग्राहक त अचम्मका हुन्छन्,’ उनी भन्छन्, ‘हालसालै एक जना ग्राहकले हामीलाई अनौठो अर्डर दिएकी छिन्। उनी यस्तो सेक्स रोबोट चाहन्छिन्, जसको टाउको महिलाको होस् तर शरीर र यौनांग भने पुरुषको होस्।’ भन्ने समाचार अन्नपूर्णपोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्