Logo
|
Friday 19th April 2024
Logo

epaper

रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शरीरमा कुनै पनि बाह्य चिज प्रयोग नगरी आफूभित्र रहेको ‘इम्युनिटी पावर’ प्रयोग गरेर शरीर भित्रको विकार उपचार गर्ने पद्धति प्राकृतिक चिकित्सा हो । इम्युनिटी पावरलाई भाइटालिटी भनिन्छ । भाइटालिटीले ट्रिटिङ ब्रिदिङको माध्यमबाट रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउँछ । प्राकृतिक चिकित्सामा पृथ्वीमा भएका चिज प्रयोग गरेर शरीरलाई स्वस्थ्य बनाउने प्रयास गरिन्छ । यसमा पृथ्वी, जल, तेज, वायु र आकाश जस्ता पञ्चतत्व प्रयोग हुन्छन् । यसमा एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापी, मसाज थेरापी, हाइड्रोथेरापी, म्यानुपुलेसन, डायट थेरापीलगायतको माध्यमबाट उपचार गरिन्छ । नेपालको सन्दर्भमा हाडजोर्नी सम्बन्धि समस्या, नसा च्यापिएको, माइग्रेन, साइनोसाइटिस, बाथ, पिनास आदिका लागि नेचुरोप्याथी उपचारले राम्रो परिणाम दिन सफल भएको छ । प्राकृतिक उपचार पाएपनि दिमाग नकारात्मक सोच तर्फ उन्मुख भएमा व्यक्ति स्वस्थ्य हुँदैन । ‘नट ओल्नी योर बडी योर माइन्ड अल्सो सुड रिटर्न टु नेचर’ भन्ने मुख्य उद्देश्य हो । जब माइन्ड हेल्दी हुन्छ तब न बडी हेल्दी हुन्छ । माइन्डमा धेरै तनाव भएपछि साइकोसोमाटिक रोग उत्पन्न हुन्छ । त्यसैले यो सबैका लागि प्राकृति चिकित्सा र योग विज्ञानको भूमिका महत्वपूर्ण छ । नेचुरोपेथी भनेको अल्टरनेटिभ मेडिसिन हो । यो जीवन देखाउने बाटो र जीवन जीउने शैली हो । यसमा शरीरलाई डिटक्सिफाइ गरेर भाइटालिटी बढाउने तर्फ उपचार केन्द्रित हुन्छ ।

एक्युपञ्चर के हो ?

एक्युपञ्चर एक्युप्रेसर परम्परागत चाइनिज उपचार पद्धति हो । सरल भाषामा यसलाई सुजी चिकित्सा पनि भनिन्छ । शरीरमा भएका विभिन्न इनर्जी च्यानहरुलाई एक्टिभेट गर्ने पद्धतिलाई एक्युपञ्चर भनिन्छ । यसमा छुट्टै मेरिडियन र गेट कन्ट्रोल थेउरी लागू हुन्छ । यसअन्तर्गत माइग्रेन, नसा च्यापिएको, साइनोसाइटिस, व्याक पेन (ढाडको दुखाई) लगायत धेरै शारीरिक दुखाईको उपचार हुने गरेको छ । यसबाट मेकानिकल व्याकपेन एवं आईबिडिपीलगायतका सबैखालका ढाड दुखाईमा राम्रो परिणाम आएको छ । बिमारको प्रकृतिनुसार इलेक्ट्रो एक्युपञ्चरबाट पनि गर्नुपर्छ । माइग्रेन, साइनोसाइटिस, घुँडाको अस्टियोआर्थराइटिस उपचारमा एक्युपञ्चर राम्रो छ । एक्युपञ्चरअन्तर्गत कपिङ थेरापीहरु पनि पर्छन् । यो मुख्यतः दुखाई भएको अवस्थामा गरिन्छ । एक्युपञ्चरले बाथरोग पूर्ण रुपमा निको हुन सक्दैन । तर यसको प्रयोगले दुखाइ न्युनिकरणमा राम्रो परिणाम देखिएको छ । रोगको प्राकृति अनुसार सिम्पल र कम्प्लेक्स दुई तरिकाबाट एक्युपञ्चार उपचार पद्धति अपनाइएको हुन्छ । शरीरमा इनर्जी च्यानल रेगुलेट गरेर अब्स्ट्रक्सन भएको कुनै पनि भाग खुलाउन सक्नु यसको सफलता हो ।

मसाज थेरापी

मसाज भनेको शरीरलाई आराम गराउने अभ्यास हो । मसाज म्यानुपुलेटिभ थेरापी हो । मसाज जो कोहीले पनि गर्नसक्छन् । तर प्राकृतिक चिकित्साअन्तर्गत बिरामीलाई गरिने मसाजलाई थेरापेटिक मसाज भनिन्छ । मसाजका फरक चाल हुन्छन् । डाइरेक्ट टच र थेरापेटिक टचमा फरक हुन्छ । थेरापेटिक मसाजले शरीर रिल्याक्स गराउनुका साथै रक्तसञ्चार बढाउन मद्धत गर्छ । बिरामीको शरीरको एउटा भाग दुखेर आएमा सम्पूर्ण शरीरलाई डिटक्सिफाइ गर्नुपर्छ । डिटक्सिफाइ भनेको शरीरको सम्पूर्ण बिकार निकाल्ने हो । यसरी शरीरको विकार निकालिसकेपछि उपचारात्मक, इलिमिनेटिभ र रोकथामका अभ्यास अपनाउनुपर्छ । डिटक्सिफिकेसन गरेर इलिमिनेसन गर्नुपर्छ । इलिमिनेसनअन्तर्गत स्टिम बाथलगायतका सेवा पर्छन् । त्यसपछि रोकथामका रिल्याक्सेसन मसाजहरु गरिन्छ । जस्तोःमाइग्रेनका बिरामीलाई हेड हेण्ड नेक मसाज गरिन्छ । त्यसैले रोगको प्रकृतिअनुसार फरक फरक मसाज सेवा उपलब्ध गराउनुपर्छ ।

जल चिकित्सा

जल चिकित्सालाई हाइड्रोथेरापी भनिन्छ । पानी प्रयोग गरेर मेकानिकल मेडिसिनल पद्धतिबाट बाह्य र आन्तरिक रुपमा गरिने उपचार जल चिकित्सा हो । जल चिकित्सा अन्तर्गत विशेषगरी स्टिम बाथ, सोना बाथ, इमर्सन बाथ, हिप बाथ, एनिमा आदि पर्छन् । स्टिम बाथ, सोना बाथ, इमर्सन बाथहरु बाह्य जल चिकित्सामा पर्छ । पानी पिउने आन्तरिक जल चिकित्सा हो । आन्तरिक जल चिकित्सामा एनिमा पर्छ । कब्जियतको समस्यामा एनिमाको प्रयोग गरिन्छ ।

उच्च रक्तचापका बिरामीलाई स्टिम बाथ दिँदा टाउकोमा कोल्ड कम्प्रेस राख्नुपर्छ । हरेक समस्याको उपचारमा रोकथामका बाटो अबलम्बन गर्न जरुरी हुन्छ । स्टिम बाथलगायतका तातो प्रकारको उपचार गर्न पहिले बिरामीलाई चिसो पानी पिलाएर तातोमा राख्ने र तातोबाट निस्केपछि चिसो पानीको सावर लिन लगाउनुपर्छ । यी सबै उपचार हाइड्रोथेरापीअन्तर्गत पर्दछ । नेचुरोप्याथी सेवा लिने बिरामीहरुले ब्लड टेष्ट, एक्सरे, एमआरआईबाट एकिन समस्या पहिचान गर्न जरुरी हुन्छ ।

योगा

धेरैले जिम जानु पनि एक प्रकारको योगा भएको ठान्छन् । जिम गर्दा एक्सरसाइज हुने भएकाले योगाको जरुरत नभएको उनीहरुको बुझाइ हुन्छ । तर शरीरका सम्पूर्ण अंगहरु स्वासप्रश्वाससँग सम्बन्धित भएकाले ब्रिदिङसँग कन्ट्रोल गरेर योगा गरिन्छ । तर जिममा श्वासप्रश्वासलाई ध्यान दिइँदैन । यद्यपी योगा भनेको युनियन हो । योग विज्ञानले जीवन जिउने पद्धति सिकाउँछ । यसमा आफ्नो इन्टरनल सोललाई युनिभर्सल सोलसँग युनाइट गरिन्छ । त्यसैले योगालाई थेरापेटिक प्रयोगमा ल्याउनुपर्छ । श्वासप्रश्वासमा ध्यान दिएर योगा गरिन्छ । स्लो एण्ड स्टडी पोजमा रहनुपर्छ । धेरै समय एउटै आसनमा बस्दा पनि गा¥ह«ो नहुने अवस्था योगा हो । श्वासप्रश्वाससँग सम्बन्धित गराएर योगामा बस्दा गाह्रो हुँदैन । आजकल तनावले मानिसलाई चारैतिरबाट घेरेको छ । तनावले साइकोलोजिकलदेखि लिएर साइकोसोमाटिकसम्म भइरहेको छ । जस्तोः टाउको दुखेमा पारासिटाइमोल खाइन्छ । तर टाउको दुख्नाका कारण कसैले पनि कारण खोजेको पाइँदैन । हामीले रुट कज खोजेर उपचार गर्नुपर्छ । यसबाट हामीलाई रिटर्न टू नेचरमा फर्काउन मद्धत गर्छ । खानपानदेखि जीवनशैली मात्र होइन कि तपाईंको सोच पनि रिटर्न टू नेचर मा फर्किन्छ ।

डायट थेरापी

तपाईंले खाएको खाना गटमा जान्छ । ‘गट इज डाइरेक्ट्ली रिलेटेड योर ब्रेन’ भन्ने रिसर्चले समेत प्रमाणित गरिसकेको कुरा हो । ग्याँस्ट्राइटिस, कब्जियतले गटमा असन्तुलन ल्याउँछ र ब्रेनमा डाइरेक्ट प्रभाव पार्छ । त्यसैले हामीले सात्विक आहार खाने, सात्विक आहारमा बासी नखाने, मैदा धेरै भएको खाना नखाने, धेरै चिल्लो, पटपटक तेल प्रयोग गरेर बनाइएका खाना खान हुँदैन । शरीर हेभी हुने खाना खान नखाएको राम्रो हुन्छ । शरीरलाई भरपुर पोषण मिल्ने प्रकारका खाना सेवन गर्नुपर्छ । त्यस्तो खालको आहारलाई सात्विक आहार भनिन्छ । सात्विक आहारमा भिटामिन, मिनरल्सको सन्तुलन हुनुपर्छ । हरिया तरकारीहरु प्रशस्त हुनुपर्छ । तेलमा डबल तारेको खाना खान हुँदैन । ब्रेड आइटम नखाने, पाँच सेतो चिज चिनी, नुन, मैदा, सेतो चामल जस्ता खाद्यान्न त्याग गरेको स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ ।

के खाने ? के नखाने ?

खाना कस्तो हुनुपर्छ ?

खानाले शरीर र विचारलाई प्रभाव पार्छ । त्यसैले सधैं शरीरलाई सजिलो गराउने खाना खानुपर्छ । हाम्रो शरीर कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, सल्फर, फोस्फोरस जस्ता रासायनिक तत्व मिलेर बनेको हुन्छ । हामीले खानुपर्ने खाना पनि यिनै रासायनिक तत्वको अनुपात मिल्ने किसिमको हुनुपर्छ । शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, खनिज, भिटामिन, रेशा र पानी चाहिन्छ । यी सात चीज हाम्रो शरीर निवार्हका लागि चाहिने चिज हुन् । कार्बोहाइड्रेटले शरीरलाई बलियो बनाउने र शक्ति दिने काम गर्छ । यो एक दलीय अन्न, नफलेको चामल मकै, गहुँ, कोदो, फापर आदिमा पाइन्छ । प्रोटिन शरीरका लागि अति आवश्यक पोषिलो आहार हो । मुंगफली बदाम, चना, मुंग, दाल, गेडागडी जस्ता दुई दलीय अन्न र भटमासमा प्रोटिन प्रशस्त पाइन्छ । कृत्रिम तेल, घिउ आदिमा बढी कोलेस्टेरोल हुने भएकाले शरीरलाई हानि गर्छ । तर हरियो सागसब्जीमा प्राकृतिक रुपमा शरीरलाई चाहिने चिल्लो र भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ । शरीरलाई अति आवश्यक खाना रेशा फाइबर हो । यसले खाना पच्न सजिलो गराउँछ र सजिलैसँग मल निष्काशन गर्न मद्धत गर्छ । नफलेको चामल, चोकर भएको आँटा, हरिया सागसब्जी अनि काँचो सलादमा फाइबर हुन्छ । त्यसैले यस प्रकारको खानाबाट जोड दिनुपर्छ ।

स्वाद कि स्वास्थ्य ?

धेरै मानिस स्वादका लागि खान्छन् । रंगीन विज्ञापनका कारण बालबालिकाहरु जंक, स्पाइसी खाना, चाउचाउमा ध्यान दिन्छन् । यसले कब्जियतको समस्या निम्त्याउँछ । मकै, भटमास, गहुँ, कोदो, फापर, फलफूल, हरियो सागसव्जी, नफलेको चामल, आँटामा प्रशस्त फाइबर पाइन्छ जसले कब्जियत खुलाउन मद्धत गर्छ ।

के खाने ?

आँटा– गहुँको पिठो (आँटा) मा शरीरका लागि चाहिने रेशा छोक्रा, बोक्रा प्रशस्त हुन्छ जसले आन्द्रा सफा गर्न मद्धत गर्छ ।

खैरो चीज– सेतो चामलको सट्टा खैरो चामल, खैरो चिनी, मकै, गहुँ आदि खाने ।

सागसब्जी– हरियो सागबव्जीमा आन्द्रा सफा गर्न चाहिने रेशा प्रशस्त मात्रामा हुन्छ । यसले आँखालाई तेजिलो बनाउँछ । त्यसैले खानामा हरियो सागसव्जीको प्रयोग बढाउन राम्रो हो ।

फलफूल– फलफूल सबैभन्दा राम्रो र शरीरले सजिलै पचाउन सक्ने प्राकृतिक खाना हो । फलफूल र सागसब्जीको प्रयोगले शरीर हलुका हुन्छ ।

के नखाने ?

केक, मम, बिस्कुट, पाउरोटी, चाउचाउ, सेल, दुनोट, मिठाई र जंक खाना मैदाबाट बनेका खानेकुरा नखाएको राम्रो हो । यस्ता खानाले कब्जियत गराउँछ । यस्ता खानामा हुने रसायन (प्रिजरभेटिभ) स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सेतो चामल, मैदाबाट जंक फुड र प्याकेटका खानेकुरा नखाने, कृत्रिम जुस नपिउने, चिल्लोमा तारे–भुटेका खाना नखाने, बढी चिल्लो, पिरो, अमिलो, घिउ, नुन नखाने, बाहिर राखिएका खानेकुरा जस्तै पानीपुरी र चटपट स्वास्थ्यका लागि राम्रो मानिदैन । चिया, कफी कोल्ड ड्रिंक्स, एकपटक पाकेको खाना पुन तताएर नखाने र चुरोट, खैनी, रक्सी जस्ता नशाजन्य पदार्थ सेवन नगरेको राम्रो हो । बासी र फ्रिजमा राखेका खानेकुरा नखाएको राम्रो मानिन्छ ।

(डा. जोशीले राजिब गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स म्याङ्गलोरबाट ब्याच्लर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बीएनवाईएस) गर्नुभएको छ । हाल उहाँ प्राकृतिक चिकित्सालय, भिमसेनगोला बानेश्वर काठमाडौंमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्