Logo
|
Wednesday 24th April 2024
Logo

epaper

न्युन शुल्कमा लेजर सर्जरी !




जनस्वास्थ्य सरोकार, काठमाडौँ । चस्मा लगाउनुपर्ने बाध्यताबाट मुक्त हुन लेजर सर्जरी गरिदै आएको छ । यो आँखाको नानीमा गर्ने शल्यक्रिया हो । स्मार्ट सर्फ वा लेसिक प्रविधिबाट लेजर सर्जरी गरेर चश्मा लगाउन नपर्ने अवस्थामा ल्याइन्छ । मात्रिका आई फाउन्डेसनअन्तर्गत नसक्ने व्यक्तिहरुलाई लेजर सर्जरीमा सहयोग गर्दै आएको छ । नेपालमा हालसम्म माइनस १४ र प्लस ६ सम्म पावर भएकाहरूलाई यो प्रविधि अपनाएर शल्यक्रिया गर्न सकिन्छ । डा. प्रधानले अहिले सम्म ८ हजार भन्दा बढी व्यक्तिको चश्मा लगाउन नपर्ने लेजर सर्जरी गरिसक्नुभएको छ ।
मात्रिका आई सेन्टरबाट के के सेवा दिँदै हुनुहुन्छ ?
आँखा चिलाउने, पोल्ने, दृष्टि दोष, जलविन्दुल, पेडियाट्रिक अप्थाल्मोलोजी लगायत आँखा सम्बन्धि सम्पूर्ण समस्याहरुको विश्वकै सबैभन्दा एड्भान्सड् टेक्नोलोजीहरुबाट इन्भेष्टिगेसन र उपचारको सुविधा उपलब्ध छ । यहाँ आँखामा थोपा हालेर सर्जरी गरिने सेवाहरु उपलब्ध छन् ।तस्बिर सौजन्यः डा. प्रधानको फेसबुकबाट
रिफ्र्याक्टिभ सर्जरीमा म एउटा लक्की व्यक्ति हो । स्वाइन्ड नामक बहुराष्ट्रिय लेजर कम्पनिले मलाई ब्रान्ड एम्बेसडर बनाएको छ । अहिले मेरो मातहतमा करिब ४० देखि ५० जना जर्मन वैज्ञानिकहरुले काम गरिरहेका छन् । स्वाइन्ड लेजर एकदमै महँगो भएपनि यसको ब्रान्ड एम्बासडर भएकाले नेपालमा सस्तो मूल्यमा लेजर सेवा उपलब्ध गराउन सफल छौं । ‘पैसा नभएर उपचारबाट बञ्चित हुन नपरोस्’ भनेर यो सेवा सुरु गरिएको हो । दुई महिनाको बीचमा १०० भन्दा बढीले सेवा लिइसकेका छन् । सहुलियत मुल्यमा सेवा दिँदा पनि खर्च धान्न सकिने रहेछ । मात्रिका आई फाउन्डेसनबाट बीरगञ्जमा च्यारिटी पनि चलाइरहेका छौँ ।
नेपालमा रिफ्र्याक्टिभ सर्जरीको आवश्यकता कस्तो छ ?
नेपालको कुल जनसंख्याको करिब २० प्रतिशतलाई माइनस चश्माको जरुरत पर्नसक्छ । तर ४० वर्ष कटेपछि सबैले प्लस चश्मा लगाउनुपर्छ । ४० वर्ष लागिसकेपछि टाढा देख्ने चश्माले नजिकको देख्न गाह«ो हुन्छ । लेजर सर्जरीले नजिकको पनि देख्ने बनाउन सकिन्छ । नजिक टाढा दुबैलाई मिलाउन सकिन्छ । यस प्रविधिमा लेजरमार्फत आँखाको नानीलाई परिवर्तन गरिन्छ । लेसिक अथवा स्माइल उपचार पद्धति अतिविशेष खालको शल्यक्रिया भएकाले अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ । नेपालमा यो प्रविधिबाट हालसम्म माइनस १४ र प्लस ८ सम्म पावर भएका व्यक्तिलाई शल्यक्रिया गर्न सकिन्छ । यो उपचार पद्धतिबाट मायोपिया (अदुर दृष्टि), हाइपरमेट्रोपिया (दुर दृष्टि) र एस्टिग्म्याटिज्म दुवै समस्याको समाधान गर्न सकिन्छ । यो शल्यक्रिया गरेपछि आँखाको नानीको आकारलाई आवश्यक्ता अनुसार परिवर्तन गर्ने भएकाले चश्मा तथा लेन्सको प्रयोग गर्नुपर्ने वाध्यतालाई पूर्णतया विस्थापित गरिदिन्छ ।
कस्तो अवस्थामा लेजर गर्नुपर्छ ?
स्क्यानिङ गर्दा आँखाको नानी बलियो र आँखासम्बन्धि कुनै रोग नभएमा मात्र लेजर सर्जरी गरिन्छ । लेजर सर्जरी गर्न कम्तिमा पनि १८ वर्ष उमेर पुगेको हुनुपर्छ । उच्च रक्तचाप र मधुमेह नियन्त्रण भएमा यस प्रकारको सर्जरी गर्न सकिन्छ ।
लेजर सर्जरी गरिसकेपछि चश्मा लगाउनुपर्छ कि पर्दैन ?
माइनस ३ भन्दा मुनिकाहरुमा आँखाको पावर बढ्ने अवसर १ प्रतिशत हुन्छ । माइनस ३ देखि माइनस ६ बीचमा २ प्रतिशत हुन्छ र माइसन ६ भन्दा माथिको ५ प्रतिशत सम्म पावर भविष्यमा फर्केर आउन सक्छ । पावर फर्केर आएमा आँखाको नानी बलियो भएनभएको पहिचान गरिन्छ र आवश्यकताका आधारमा लेजर थप्न सकिन्छ ।
कसले गर्ने ?
आर्मी, पुलिस, ड्राइभर, पाइलट, एयर होस्टेज, कुक, शिक्षकलगायत चश्मा लगाउनुपर्ने समस्या भएका सबैलाई आवश्यक पर्छ । अन्य देशको तुलनामा सस्तो र गुणस्तरीय सेवाकै कारण अमेरिका, अष्ट्रेलिया, युरोपलगायत भारत, चिन बंगलादेश जस्ता मुलुकबाट वर्षेनी यो सेवा लिन धेरै व्यक्ति नेपाल आइरहेका छन् । दुर्गम भेगका जनता त अझै यस प्रविधिका बारेमा अनभिज्ञ छन् । (वरिष्ठ रिफ्र्याक्टिभ सर्जन डा. प्रधान मात्रिका आई सेन्टरमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्