Logo
|
Friday 29th March 2024
Logo

epaper

चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंमा सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंमा सुरु भएको छ। १५ देशका करिब २ सय भन्दाबढी स्टलमा दुई सय ५० कम्पनीका ८ सय ब्राण्डका अस्पतालजन्य सामग्री र उपकरण प्रर्दशनीमा राखिएको छ। एक्स्पोमा करिब ६ हजार भन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालका नर्स,चिकित्सक,मेडिकल विद्यार्थी,फामेसिस्टहरुले अवलोक गर्ने अनुमान आयोजकले गरेका छन् । एक्स्पोको उद्घाटन शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ। आज बाट सुरु भएको एक्स्पो तीनदिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्