Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मोवाइल धेरै चलाउँदा हुने टेक्स्ट नेक सिन्ड्रोम

सरस्वती श्रेष्ठ




जनस्वास्थ्य सरोकार, काठमाडौँ । घाँटीको हड्डी र मासु लगायत लिगामेन्ट्समा हुने लगातार तनाव वा बढि प्रयोगको कारणले हुने घाँटीको दुखाई जुन धेरै समयसम्म हातमा अट्ने उपकरण (मोबाइल फोन, पिएसपी, ट्याबलेट, आइप्याड, किन्डल इत्यादी) को अत्यधिक प्रयोगको कारणले हुन्छ । त्यसैलाई नै हामी टेक्स्ट नेक सिन्ड्रोम भन्छौ । टेक्स्ट नेक अमेरिकाको काइरोप्राक्टर डा. फिशम्यानले नामकरण गरेका हुन् । विश्वभरी मोबाइल फोनको प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् र उनीहरुले आफ्नो प्रायः समय मोबाइलमा हेर्न वा टेक्स्ट गर्न बिताइरहेका छन् । यसबाट उनीहरुले टेक्स्ट नेक समस्या निम्त्याइरहेका छन् । यसले गर्दा यसले विश्वकै स्वास्थ्यमा चिन्ता खडा गरेको छ । लापरबाही वा समयमा नै ध्यान नपु¥याउँदा यसले घाँटी दुखाई मात्र नभई अरु समस्या पनि ल्याउँछ ।
मोबाइल जस्ता हातमा अट्ने उपकरण टाउको निहुँराएर चलाउँदा यसले मेरुदण्डमा सिधैँ असर गर्छ । टाउको ननिउराईकन सिधा बस्दा सर्भाइकल मेरुदण्डमा ४.५ – ५.२ के .जी भार जान्छ । १५ डिग्री निउराउँदा १५ केजी भार पर्छ भने ३० डिग्री निउँर्याउँदा १८ केजी भार सर्भाकल मेरुदण्डले थेग्न कर लाग्छ । ४५ डिग्रीमा टाउको निउराउँदा २२ केजी र ६० डिग्री झुक्दा २६ के.जी भार थेग्छ । लामो समयसम्म यसरी झुक्दा अनेक समस्या देखापर्न थाल्छ ।
टेक्स्ट नेकका लक्षणहरु
– घाँटी दुखाई जुन कुम र माथिल्लो ढाडतिर सर्छ ।
-घाँटीको लचकता घट्छ, यताउता टाउको हल्लाउन गाह«ो हुन्छ ।
– फरवार्ड हेड पोस्चर
– ट्रापेजियस, पेक्टोरालिस टाइट हुने
– हातहरु झम्झमाउने, लाटो हुने
– टाउको दुख्ने
– कुम अगाडि उठ्ने
– ढाड कुप्रो हुने
– मेरुदण्डको हड्डी खिइने

टेक्स्ट नेकको रोकथाम र उपचार

शिक्षा
धेरै मानिसलाई टाउको निहुराएर मोबाइल चलाउँदा हुने असरको ज्ञान छैन । त्यसैले उनीहरुलाई सामान्य घाँटीको मुद्रा र लामो समय झुकेर मोबाइल चलाउँदा घाँटी दुख्ने समस्याको उपचार र रोकथामबारे चेतना हुन जरुरी छ ।

बेलाबेलामा ब्रेक लिने
यदि १५ – १५ मिनेटमा मोबाइल चलाउन रोकेर घाँटीलाई नर्मल मुद्रा (० डिग्री ) केहि बेर राख्ने हो भने ‘टेक्स्ट नेक’ बाट बच्न सकिन्छ । मोबाइललाई आँखाको लेबलमा राखेर हेर्दा वा चलाउँदा पनि यसबाट बच्न सकिन्छ ।

पोस्चर/ मुद्रा केन्द्रित कसरत
योगा र पिलटिक जस्ता कसरतले पोस्चरल चेतनाको वृद्धि गराउँछ । र मानिसलाई मोबाइल चलाउँदा सहि मुद्रामा बस्न सतर्क गराउँछ ।

दुखाइको उपचार
घाँटी दुखाउने कारणहरु पत्ता लगाई त्यसलाई हटाउनुपर्छ । आराम, आइसिङ, थर्मोथेरापी, जोर्नी मोबिलाइजेसन, ड्राइ निडलिङको दुखाइलाई कम गराउँछ ।
सफ्ट टिस्यु मसाजले दुख्न र ट्रिगर पोइन्ट बन्नबाट बचाउँछ ।
मांसपेशीको असन्तुलनलाई सन्तुलन गराउने
‘टेक्स्ट नेक’ सर्भाइकल फ्लेक्सर्स, माथिल्लो ढाडको मासुहरु बढि तन्किन्छन् भने पेक्टारालिस थोर्यासिक र सर्भाइकल एक्सटेन्सर्सहरु खुम्चिन्छन् । कसिलो हुन्छन् । कसिलोलाई लचिलो र तन्किएकोलाई बलियो बनाउने कसरत गर्नुपर्छ । फिजियोथेरापिष्टले यसको टेक्निक र कहिले कति गर्ने भनेर सिकाउनुहुन्छ ।
दुखाई पुनः बल्झिनबाट रोक्न
दैनिक तन्काउने, बलियो पार्ने, रेन्ज अफ मोसन, श्वासप्रश्वासको कसरत र पोस्चरलाई ध्यानमा राख्यौँ भनेपछि फेरि ‘टेक्स्ट नेक’ ले समस्या दिँदैन । यदि रिङ्गटा, टाउको दुख्ने, वाकवाकी, तौल घट्ने, दुखाई सर्ने समस्या देखेमा तुरुन्तै डाक्टरसँग जाँच गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्