Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

जाडो बढ्यो है ! कस्ता खाना खाने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानकी  शिव वान्तवा एक विहानै फेसवुकमा पोष्ट गर्नु हुन्छ,‘उठ्न खोज्छु,खुट्टाको कुन्जा चल्दैन’। काठमाडौंका सफल भन्छन्,पुस फासफुस भन्या होइन रहेछ म भन्छु पुसलाई धुप दिएर वैसाख पठाइदेऊ’ यी सामाजिक संजालका पोष्ट हेर्दा चिसोको प्रभाव सवैलाई परेको छ। तर हाम्रो खानपानमा केही जुक्ति अपनाए आत्तिहाल्नु पर्दैन। जाडो मौसमममा चिसोबाट बच्न जति बाग्लो लुगाको जति भूमिका हुन्छ उत्तिनै खानाको पनि भूमिका हुन्छ। जुन खानाहरुले शरिरको तापक्रमलाई सन्तुलित राख्न भूमिका खेल्छन्। चिसोवाट बच्न बाहिरी तापक्रमसंगै शरिरको भित्री तापक्रम बढाउन बढी क्यालोरी भएका खाने कुराहरु खानु पर्छ।

मह

 परापुर्वकालदेखि हाम्रो समाजमा प्रचलित रहेको मह चिसोका लागि उचित मानिन्छ। यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ। साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ। रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ। चिसोबाट बढी प्रभावित हुने बालबालिका र बृद्ध–बृद्धाले  दुधसित मिलाएर प्रयोग गर्न सक्छन्।

भिटामिनयुक्त खाना
अमला भिटामिन सी को सवै भन्दा राम्रो स्रोत मानिन्छ। यसको साथै कागती पानी,सुन्तला,मौसम,जुनारको सेवन गर्दा भिटामिन सी प्राप्त हुन्छ। यस्ता फलफूलले चिसो मौसममा देखा पर्ने रोगसित लड्ने क्षमता प्रदान गर्छन्। साथै शरिरमा स्फुर्ति जगाउँछन्।

अदुवा
अदुवामा रोग प्रतिरोधात्मक क्षमता  बढाउनुको साथै शरिरलाई गर्मी प्रदान गर्छ। जाडोमा कब्जियतको समस्या समेत बढी देखिने भएकोले अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पु¥याउँछ। जाडो मौसममा भोजनमा अदुवाको समावेश गर्नाले लाभ मिल्छ।  जाडोमा दही–महीको सट्टा दुधको प्रयोग गर्ने,ग्रिन टी,मरिच पानी,तुलसीको पानी सेवनले अन्टिअक्सिडन्ट प्रदान गर्नुको साथै शरिरलाई न्यानो पार्छ।

तुलसी चिया/तुलसी पानी

हाम्रो आगनमा सजिलै पाइने तुलसीमा भिटामिन,जिंक,आइरन लगायत बिभिन्न पौष्टिक तत्व हुने हुँदा यसको विहान र बेलुका दैनिक सेवन गर्दा रुघाखोकी,पिनास जस्ता रोग लाग्नबाट बचाउनुको साथै श्वास–प्रश्वासको समस्यामा कमी ल्याउँछ। यसको सेवनले शरिरमा तापक्रम बढाइ न्यानो प्रदान गर्छ।

कोदोको सुप र कागुनीको रोटी

 आधार लिटर पानीमा २ चम्चा कोदोको पीठोको सुप बनाएर विहानको समयमा पिउनाले शरिरलाई न्यानो प्रदान गर्छ। कोदोमा प्रर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ। कागुनी नेपालको पश्चिम अन्नपुर्ण क्षेत्रमा पाइन्छ। यसमा प्रर्याप्त मात्रमा म्याग्नेसियम ट्राइटोफान,भिटामिन वी लगायतका तत्वहरु पाइन्छ। जुन शरिरको लागि अत्यन्तै आवश्यक तत्व हो। कागुनीको रोटी तथा सुपको प्रयोगले गर्मीै प्रदान गर्नुको साथै बुढ्यौलीपना छिटो आउन दिंदैन।

मासु  तथा चिकेन सुप

मासुले शरिरलाई शक्ति प्रदान गर्ने मात्र होइन। यसमा भएका भिटामिनहरुले शरिरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ। शरिररको मांसेपशी दरो  बनाउनुको साथै शरिरलाई ऊर्जा प्रदान गर्छ। बढ्दो मुटुरोगी,उच्च रक्तचापका विरामीहरुले पनि रातो मासुको भन्दा कुखुराको मासु सेवन उत्तम हो।

माछा,ओखर झिंङ्गे माछा
जाडोमा माछा,ओखर झिंगे माछा,बदाम,आल्मोन्डको सेवनले भरपुर न्यानो प्रदान गर्छ। यिनीहरुमा पाइने ओमेगा– ३ फ्याट्टी एसिड जुन स्वस्थ व्यक्ति साथै मुटुरोगी र मधुमेहका रोगीको लागि आवश्यक पर्छ। माछामा पाइने जिंकले चिसोको कारणले रोगबाट बचाउँछ। बदामले जाडोमा न्यानो प्रदान गर्छ। बदाम र ओखर मिश्रित मिठाइको सेवन जाडोमा उचित मानिन्छ।

दुध र अण्डा
दुधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने बिभिन्न संक्रमणबाट र भिटामिनले शरिरलाई न्यानो प्रदान गर्छ। रगतको कोषहरुको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ। यसको साथे यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना,तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ। अण्डाबाट आइरन पोटासियम शुक्ष्म तत्वको परिपुर्ति हुने हुँदा शरिरले संधै न्यानो महसुस गर्छ।
कहिलेकाँही रगतमा पोषक तत्वहरुको कमी हुँदा शरिरले बढी जाडोको महसुस गर्छ। श्वास फेर्न गाह«ो हुने,निन्द्रा धेरै लाग्ने,थकाइ लाग्ने,हुन्छ। यस्तो समस्याबाट छुट्कारा पाउन आफ्नो उमेर अनुसार फरक मात्रामा दुध र अण्डा सेवन गर्न सक्छन्।

तिलको सेवन
तिलको प्रयोगले शरिरलाई छिटो ऊर्जा प्रदान गर्छ। कहिलेकाँही  लामो समयसम्म रुघाखोकी लागिरहने,छातिमा कफ जमेमा स्वास्थ्यको लागि हानिकारक हुन्छ। यस्तो अवस्थामा तिल र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ।

हरियो सागसब्जीको दैनिक प्रयोग

मेठी,गाजर,पालुङ्गो,चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसावले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रुपमा लिइन्छ। अदुवा,ज्वानो,टिमुर,मरिचको पेष्ट बनाइ तातो पानीमा राखेर दैनिक सेवन गर्नाले शरिरको तापक्रम सन्तुलित भइ शरिरमा न्यानो अनुभूति हुन्छ।  त्यसै गरी जाडो मौसममा जमिन मुनि फल्ने खानाहरु स्कुशको जरा,पिंडालु,तरुल,सखरखण्ड उसिनेर खानाले शरिरमा ऊर्जा प्राप्त हुनुको साथै न्यानो हुन्छ। माथि उल्लेखित खानाहरु सामान्य व्यक्तिको लागि मात्र हो। रोगी तथा असक्त,सुत्केरी र गर्भवतकिो हकमा बिशेष प्रकारको खाना आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्