Logo
|
Tuesday 19th March 2024
Logo

epaper

औषधिको अभावले गर्भपतन सेवा बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तल्कोट गाउँपालिकामा रहेको मेलबिसौना स्वास्थ्य चौकीमा निशुल्क गर्भपतन सेवा भएपनि औषधीको अभावका यहाँ सेवा बन्द गरिएको छ । दुई वर्षदेखी स्वास्थ्य चौकीमा सुरक्षित तरिकाले निशुल्क गर्भपतन सेवा सुचारु गरेको भए पनि सात महिना सञ्चालन भएर हाल औषधीको अभावमा बन्द भएको हो ।

सरकारले १२ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ । सुरक्षित तरिकाले स्वास्थ्य संस्थामा गर्भपतन गराउनका लागी स्वास्थ्यकर्मीलाई तालिम दिनुका साथै स्वास्थ्य संस्थामा आश्यक पर्ने उपकरण राखेको भएपनि मेलविसौना स्वास्थ्य चौकीमा भने औषधीको अभावमा निशुल्क गर्भपतन गर्ने सेवा बन्द भएको छ । गाउँपालिका भित्रको सबै भन्दा पुरानो मेलविसौना स्वास्थ्य चौकीमा हाल यो सेवा बन्द भएपछि यहाँ गर्भपतन गर्ने आउने महिलालाई समस्या भएको छ । स्वास्थ्य चौकीकी अनमी हरिकला भण्डारीले भने, सुरुवातको बर्षमा यो सेवा सञ्चालन हुदाँ जिल्ला स्वास्थ्य कार्यालयबाट औषधी उपलब्ध गराएर महिनाको सात, आठ जना महिला यहाँ आएर निशुल्क गर्भ पतन गराउने गर्दर्थे तर पछिल्लो समयमा गाउँपालिकाबाट औषधी उपलब्ध नभएपछि यो सेवा बन्द भएको हो ।’ जिल्लाको विकट उत्तरी क्षेत्र रहेको यस गाउँपालिकाको केन्द्र रहेको स्थानमा रहेकोले यस स्वास्थ्य चौकीमा तलकोट गाउँपालिकाको मात्र नभएर साईपाल गाउँपालिकाको बिरामी समेत आउने गरेको र बिरामीको चाप गाउँपालिकाका अन्य स्वास्थ्य संस्था भन्दा बढी रहेको कर्मचारीको भनाई छ । स्वास्थ्य संस्थामा औषधी अभाव भएसँगै हाल सुरक्षित गर्भपतन सम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मीहरु पनि काम नपाएर बस्नु परेको छ ।

अनमी लिला सार्कीले भने, पहिले जिल्ला जिल्ला स्वास्थ्य कार्यालयबाट सुरक्षित गर्भपतनको लागी चाहिने आवश्यक औषधी नियमित दिने गरेको हुदाँ यहाँ गर्भपतन गराउने काम पनि हुन्थ्योे तर अहिले यसको औषधी खरिदको रकम गाउँपालिकामा हालेको रहेछ र गाउँपालिकाले रकम दिन छोडेपछि बन्द भएको हो ।’ उनले भने, यस स्वास्थ्य चौकीबाट पटक पटक औषधीका लागी माग गरेको भएपनि गाउँपालिकाले सुनुवाई नगरेका कारण पनि यो सेवा बन्द भएको छ । यस स्वास्थ्य संस्थाबाट कतिपयको स्वेच्छिक गर्भ, कतिपयको अनिच्छित र अबैध गर्भपतन तरिकाले रहेको गर्भपतन समेत गर्न सहज भएको थियो अब औषधी नभए पछि के गने ’ अहिले पनि यहाँ यो सेवा छ कि भनेर गर्भपतन गर्ने महिला यहाँ आउने गरेको भएपनि तर उनीहरुले सदरमुकाम चैनपुर जिल्ला अस्पतालमा पठाउने गरेका कर्मचारीहरुको भनाई छ । गर्भपतनका लागी भिजो नामक औषधीको उपयोग गरिन्छ ।

स्वास्थ्य चौकीको औषधी खरिद साथै आवश्यक ज्ञानका लागि तालिम गर्न गाउँपालिकामा रकम आउदाँ यसको उपयोग र उपलव्धी खासै नभएको समेत स्वास्थ्यक्रर्मीहरुले दुखेसो पोखे ।  समयमै औषधी नपाउने तालिम आएपनि आ­(आफ्ना मान्छे राख्ने गर्दा स्वास्थ्यको अवस्था पनि अस्तव्यस्त भएको उनीहरुको भनाई छ । तल्कोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीले यस बारेमा आफुलाई जानकारी नभएकाले औषधी खरिदका लागी पहल गर्ने बताए। जिल्ला भरी यस्ता निशुल्क गर्भपतन गर्ने स्वास्थ्य सस्थाहरु जिल्ला अस्पताल बाहेक सात ओटा सञ्चालनमा छन् ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्