Logo
|
Thursday 25th April 2024
Logo

epaper

नर्सिङ संघमा नयाँ नेतृत्वका लागि मतदान शुरुः कसले मार्ला बाजी ?

मुलुकका २१ जिल्लाका विभिन्न अस्पताल,प्रतिष्ठानमा विहान ७ बजेदेखि सौहार्दपूर्ण वातावरणमा मतदान



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ संघको १९ औं कार्य समितिको निर्वाचनको लागि बुधबार बिहानदेखि मतदान शुरु भएको छ । निर्वाचनमा संघका साधारण तथा आजीवन सदस्यहरुले मताधिकार गर्न पाउने छन । मुलुकका २१ जिल्लाका विभिन्न अस्पताल,प्रतिष्ठानमा विहान ७ बजेदेखि सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ । साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिकी प्रमुख आयुक्त लक्ष्मी राईले जानकारी दिइन् । काठमाडौं जिल्लामा भने नर्सिङ संघको केन्द्रीय कार्यालय लाजिम्पाटमा मतदान भइरहेको छ । मतदानमा संघको सदस्यता कार्ड अनिवार्य रुपमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।
संघको नयाँ नेतृत्वको लागि निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संयुक्त पेशागतबाट अध्यक्षमा प्रा. मुना थापा राना थापा र प्रगतिशील प्यानलबाट अध्यक्षमा प्रा. मनकुमारी राईको दुई समूहले चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्