Logo
|
Tuesday 16th April 2024
Logo

epaper

अनावश्यक रौं बाट सदाका लागि मुक्ति !

नेपालमा रौं निकाल्न अन्तर्राष्ट्रियस्तरको विश्वसनीय (Gold Standard) Diode triple Wavelength (810nm, 940nm, 1060nm)  लेजर



के तपाईं अनुहार तथा शरीरका विभिन्न भागमा मन नपर्ने रौं पटकपटक निकाल्दा हैरान भइरहनुभएको छ ? अब यो झन्झटबाट सदाका लागि मुक्ति पाउने प्रविधिहरु नेपालमा भित्रिसकेका छन् ।
हरेक मानिसको शरीरमा शिरदेखि खुट्टासम्म विभिन्न किसिमका रौं पलाएको हुन्छ । उमेर बढ्दै जाँदा पुरुषमा दाह«ी जुँगा पलाउँछ भने पुरुष तथा महिला दुवैमा काखी, गुप्ताङ्गमा रौं आउन थाल्छ । यो बाहेक पनि हात खुट्टा तथा पाखुरामा समेत रौं पलाएको हुन्छ । शरीरका विभिन्न भागमा आउने रौंका आफ्नै विशेषताहरु भएपनि कतिपयको अनावश्यक रौं आउने समस्या पनि हुन्छ । यसरी अनावश्यक रौं ले व्यक्तिको सौन्दर्य र आत्मविश्वासमा समेत ह्रास आएको पाइन्छ । यतिकै पनि उनीहरुले रेजर, वाक्सिनलगायतका माध्यमबाट रौं निकालिरहेका हुन्छन् । यो हरेक पटक गर्नुपर्ने भएकाले झन्झटिलो छ । यसरी आफूलाई मन नपरेका अनावश्यक रौं को दीर्घकालीन उपचारका लागि लेजर प्रविधि निकै महत्वपूर्ण मानिएको छ ।
लेजर प्रविधि स्थायी रुपमा रौं हटाउन एक मात्र उत्तम विकल्प मानिन्छ । यो प्रविधिमा रौं निकाल्नुपर्ने भागको छालाबाट लाइट (एक प्रकारको किरण) गराई रौं पलाउने जरालाई निस्क्रिय बनाइन्छ । लेजरले लक्षित भागमा मात्र प्रभाव पार्ने र वरिपरिको भागमा असर नगर्ने भएकाले यो प्रविधि सुरक्षित मानिन्छ । सौन्दर्य र मेडिकल इन्डिकेसनमा लेजर प्रयोग गरिँदै आएको छ । अहिले नेपालमा रौं निकाल्न अन्तर्राष्ट्रियस्तरको विश्वसनीय (Gold Standard) Diode triple Wavelength (810nm, 940nm, 1060nm)  लेजरसमेत भित्र्याइएको छ । यो लेजर सबै प्रकारका छालामा सुरक्षित र अनुहारका मसिना रौंहरु निकाल्न प्रभावकारी मानिन्छ । लेजर प्रविधिबाट एकपटक रौं निकालेपछि सँधैका लागि छुटकारा पाउने भएकाले यो विश्वव्यापी लोकप्रीय भइरहेको छ ।
केही महिलाहरुमा पोलिसिस्टिक ओभरियन सिन्ड्रोम पिसिओएस) का कारण टेस्टेस्टेरोन हर्मोनको मात्रा बढेर दाह्री जुँगा आउने, अनुहारमा धेरै रौं पलाउनेजस्ता समस्या हुने भएकाले लेजर प्रविधिबाट स्थायी रुपमा रौं निकालेर उनीहरुलाई सामान्य बनाइन्छ ।
लेजरले कसरी काम गर्छ ?
लेजरले रौं पलाउने जरा (हेयर फोलिकल्स) लाई स्थायी रुपमा निष्क्रिय पार्ने काम गर्छ । यसरी जरा मरेपछि रौं पूर्ण रुपमा पलाउँदैन । एक पटक लेजर गरेर सबै जरा निष्कृय नहुने भएकाले अवस्था अनुसार ३ देखि ६ सेसन सम्म लेजर गर्नुपर्छ । त्यसपछि सम्बन्धित भागको सबै जरा निष्कृय भई सँधैलाई रौं नआउने हुन्छ । यो उपचार एक महिनाको अन्तरालमा गर्नुपर्छ । लेजर गर्न अगाडि राम्रोसँग रेजरले रौं निकाल्नुपर्छ । वाक्सिङ, टुइचर वा अन्य तरिकारले रौं निकालेको अवस्थामा तत्काल लेजर उपचार गर्न उपयुक्त हुँदैन ।
लेजरको साइड इफेक्ट के छ ?
लेजर प्रविधि स्थायी रुपमा रौं निकाल्ने सुरक्षित र प्रभावकारी उपचार हो । लेजर गरेको ठाउँमा क्षणिक रातोपना र सामान्य सुन्निन पनि सक्छ । तर त्यो केही घण्टामा नै आफैं हराउँछ । त्यसैले सावधानी अपनाएर दक्ष व्यक्तिबाट लेजर उपचार गरेमा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्