Logo
|
Thursday 25th April 2024
Logo

epaper

बिरामी ठग्दै ‘अन्तिम विकल्प’



जनस्वास्थ्य सरोकार,  काठमाडौँ । ५० वर्षीय केसाङ परिवर्तित नाम भरतपुर क्यान्सर अस्पताल चितवनमा एक साता बसेर गत आइतबार ललितपुर गोदावरीको घर फर्किए । अन्तिम चरणमा पुगेको आन्द्राको क्यान्सर शल्यक्रिया गरे पनि निको नहुने भएपछि अब उनीसँग उनकै शब्दमा ‘मृत्यु पर्खिनु’ को विकल्प छैन ।

रोग पत्ता लाग्नेबित्तिकै उपचार गराउन अस्पताल पुगेको भए उनी छिट्टै निको हुन्थे तर उनी ‘बिना अपरेसन क्यान्सर निको पार्छौं’ भन्ने प्रचारको पछि लागे । शरीर डामाडोल भयो । करिब १७ महिनाअघि केसाङले आफ्नो आन्द्रामा क्यान्सर भएको पत्ता पाएका हुन् । डाक्टरले तुरुन्तै उपचार गरे रोग छिट्टै निको हुने पनि भनेका थिए । तर उनलाई शल्यक्रियासँग डर लाग्यो । उनले शरीर चिर्दै नचिरी सन्चो हुने उपचार पद्धतिबारे सुनेका थिए । सुरुमा त उनले बिमारबारे परिवारका सदस्यलाई पनि भनेनन् । गल्दै गएर करिब सात महिनाअघि उनले परिवारलाई बताउँदा उनको क्यान्सर स्टेज २ मा थियो ।

उनका छोरा सोनम परिवर्तित नाम भन्छन्, ‘बुबाले शल्यक्रियाभन्दा सजिलो केही उपाय छ भने बुझौं न भनेपछि हामीले इन्टरनेटमा खोज्यौं ।’ शल्यक्रिया नै नगरी रोग निको पार्छौं भन्दै प्रचार गरिरहेको ललितपुरको ढोलाहिटीस्थित ‘अन्तिम विकल्प’ मा सोनम बुबालाई लिएर गए । उनले अन्तिम विकल्पका सञ्चालक सुवास सुब्बालाई भेटेर बिमार र त्यसको उपचारबारे परामर्श गरे । सुब्बाले अन्तिम विकल्पलाई अस्पताल दाबी गर्दै गरेको प्रचार फेसबुक र युट्युबमा छ्यापछ्याप्ती छ । त्यहाँ उपचार गराएर निको भएका भनिएका ‘बिरामी’हरूलाई सुब्बा आफैंले भेटाइदिए । सबैको कुरा र दाबी सुनिसकेपछि सोनमलाई लाग्यो, ‘शल्यक्रिया नै नगरी दसै महिनामा उपचार हुने यो त गज्जबको ठाउँ रहेछ ।’

उनीहरूले त्यही उपचार सुरु गरे । सुब्बाले क्यान्सर निको पार्ने भन्दै आफ्नै क्लिनिकमा उत्पादन गरेको चमत्कार नामक औषधि चालु गराए । महिनाको ४५ हजार तिरेर किनेको त्यो औषधि केसाङले लगातार चार महिनासम्म खाए ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्