Logo
|
Friday 19th April 2024
Logo

epaper

स्तनको आकार र आकर्षण कसरी कायम राख्ने ?




तपाई आफ्नो स्तनको आकार सानो वा ठूलो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । स्तनको बृद्धि विकास नहुँदा र स्तन अत्यधिक ठूलो हुँदा कयौँ महिलाहरू चिन्तित हुने गर्छन् । कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन् ।
स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ । स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो । हर्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ । हर्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने गर्छ । हर्मोनल प्रभाव र मोटोपना बढेर स्तन बढ्न सक्छ । थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ । थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि बढिरहेको हुन्छ ।
किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ । तर त्यसपछि क्रमशः झोल्लिन थाल्छ ।स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो बनाउन चाहन्छन् । स्तन क्यान्सर भएर स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सक्छन् ।
स्तन किन घटाउने
महिलाहरुको स्तन शारीरिक बनावट भन्दा ठूलो भएमा उनीहरुलाई असजिलो महसुस हुन्छ । कसैलाई स्तनको साइज ठूलो भएर लुगा लगाउन र शारीरिक अभ्यास गर्न समेत अफ्ट्यारो भइरहेको हुन्छ । यसका साथै कतिलाई स्तन धेरै ठूलो भएर गर्दन र ढाड दुख्ने, स्तनको कापमा फंगल इन्फेक्सन भइरहने समस्या भइरहेको हुन्छ । यस प्रकारको समस्याले स्तन घटाउने गरिन्छ ।
ठूलो स्तन कसरी घटाइन्छ ?
कतिपयले सुन्दरताका लागि पनि स्तन घटाउने गर्छन् । त्यसैले स्तन घटाउन कस्मेटिक शल्यक्रियामार्फत स्तनको बोसो घटाएर स्तनको साइज घटाइन्छ । स्तनको साइज घटाइसकेपछि स्तनपान गराउन सकिन्छ कि सकिदैन भन्ने धेरै प्रश्न आउने गर्छ । स्तनपान गराउन त मिल्छ । तर कहिलेकाँही दुधको परिणाम पर्याप्त नआउन सक्छ । अविवाहितहरुको स्तन ठूलो भएका कारण निकै अफ्ट्यारो भएमा मात्र सम्बन्धित चिकित्सकको परामर्श अनुसार घटाइन्छ ।

घटाइएको स्तन बढ्ने सम्भावना कति हुन्छ ?
स्तन बृद्धि हुनुमा फ्याट र ग्ल्यान्ड दुवै हुने भएकाले शल्यक्रिया गरेर स्तन घटाउन फ्याट र ग्लान्ड दुवै निकालिन्छ । यसले पहिलाको अवस्थामा स्तन बढ्दैन ।
स्तन झोल्लिएकालाई के गर्ने ?
बच्चा जन्माइसकेका महिलाहरुको स्तन सुकेर झोल्लिने समस्या हुन्छ । यसमा ब्रेष्ट लिफ्ट सर्जरी अर्थात स्तनलाई टाइट (कडा) बनाउने सर्जरी गरिन्छ । यसमा स्तनको साइज घटाएर पनि स्तन टाइट गराउन सकिन्छ ।
स्तन बढाउन के गर्ने ?
आजकल स्तन बढाउन फ्याट ग्राफ्ट गर्नसकिन्छ । यो भनेको आफ्नो शरीरको धेरै भएको ठाउँको बोसो ल्याएर स्तनमा राख्ने गरिन्छ । नेपालमा अहिलेसम्म समस्या त देखिएको छैन । तर सिलिकोन इन्फ्लान्टेसन फरेन बडी भएकाले यसले समस्या ल्याउने वा नल्याउने भन्ने कुरा अहिलेसम्म विवादकै विषय छ ।

प्रतिक्रिया दिनुहोस्