Logo
|
Saturday 20th April 2024
Logo

epaper

किन गर्ने थ्रेड लिफ्टिङ ?



थ्रेड लिफ्टिङ के हो ?
यो एक किसिमको धागो नै हो । लिफ्टिङमा प्रयोग हुने पिडिओ थ्रेड, पिएलएलए थ्रेड, पिसिएल थ्रेड गरी तीन किसिमको धागो हुन्छ । पिडिओ थ्रेड करिब ६ महिनादेखि ८ महिनासम्म मात्र रहन्छ र छोटो समयमा एब्जर्भ हुन्छ । पिसिएल थ्रेड १२ महिनासम्म रहन्छ । पि एल ए लेफ्ट थ्रेड १८ देखि २ वर्षसम्म रहन्छ । मोनो थ्रेडले लिफ्टिङ दिँदैन तर भोलुम दिन्छ र छाला टाइट गरेर युवाजस्तो देखाउँछ । आँखाको तल खाल्टो भएको भागमा पनि भोलुम दिने गर्छ । कक थ्रेडले कोलाइजन उत्पादन गर्ने र अर्को ठाउँमा अड्काएर लिफ्ट गर्छ । पिएलए थ्रेड लामो समयसम्म रहन्छ र व्यक्तिलाई एक पटक गरेपछि २ वर्षसम्म ढुक्क हुन्छ ।
कस्तो व्यक्तिले थ्रेड लिफ्ट सेवा लिन सक्छन् ?
थ्रेड लिफ्ट ४० वर्ष माथि उमेर भएका महिला र पुरुषमा गर्न सकिन्छ । यो गाला लत्रिएका व्यक्तिहरुमा गरिन्छ । लत्रिएको गाला टाइट गरेर युवा जस्तो देखिन थ्रेड लिफ्ट सेवा लिन सकिन्छ ।
खासमा थ्रेड लिफ्टको काम के हो ?
यसले छाला टाइट गर्छ । यसले कोलाइजन उत्पादन गरेर अझ त्यसलाई भोलुम दिन्छ ।
यो कुन कुन अंगमा प्रयोग गर्न सकिन्छ ?
थ्रेड लिफ्ट सामान्य त निधार, गाला, घाँटी, नाकलगायतका भागमा प्रयोग गरिन्छ । खुम्च्याउँदा हुने चाउरीपना र नखुम्च्याउँदा हुने चाउरीपनाको आधारमा उपचार छनौट गरिन्छ । नखुम्च्याउँदा पनि हुने चाउरीपनालाई बोटक्सले काम गर्दैन । यसका लागि फिलर गर्नुपर्छ ।
यसले कुनै शारीरिक असर पो गर्ने हो कि ?
थ्रेड लिफ्टििङ गर्दा प्रयोग गर्न नजानेको अवस्थामा रगत बग्ने समस्या हुनसक्छ । बाहिर धागो देखिनसक्छ । अनुभवी व्यक्तिले थ्रेड लिफिटङ गरेमा समस्या आउँदैन । अन्यथा नसा, नर्भ ड्यामेज हुनसक्ने सम्भावना रहन्छ । नर्भ ड्यामेज भएमा अनुहार बांगो देखिनसक्छ ।
थ्रेड लिफ्टमा दुखाई हुन्छ कि हुँदैन ?
हल्का दुखाइ हुन्छ । तर लिफ्टिङ गर्ने भागलाई लट्याएर गरिन्छ । यस प्रकारको सेवा लिन विदेशका व्यक्तिहरु समेत नेपाल आउने गरेका छन् ।
यौन जीवनलाई विगतकै जस्तो रोमाञ्चक र प्लेजरफुल पाउन
भेजाइनप्लाष्टी र लिबियाप्लाष्टी
महिलाहरुका लागि बाहिरी शौन्दर्य मात्र नभएर भित्री सौन्दर्यको पनि आवश्यक पर्छ । योनीमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, लिबियाप्लास्टी, लिबिया रिडक्सन र हाइमेनोप्लास्टी जस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनी टाइट पार्ने) र लिबिया रिडक्सन (योनी सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरीया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने प्रक्रियामा योनीद्वार सानो पारिने गरिन्छ भने लिबिया रिडक्सनमा योनी वरिपरिको भागलाई नै सानो पारिने हुन्छ । बच्चा पाइसकेका महिलाहरुले भेजाइना खुकुलो हुने कारण आवश्यक यौन सन्तुष्टी नहुन सक्छ । भेजनाइना लुज (खुकुलो) हुँदै गएपछि हुने समस्यामा लेजरले टाइटिङ गराइन्छ । यसबाट सेक्सुअ लाइफलाई विगतकै जस्तो रोमाञ्चक र प्लेजरफुल पाउन सकिन्छ । यसले सेक्सुअल लाइफ सुधार गर्नुका साथै महिलालाई यौन सन्तुष्टी दिन्छ । भेनाइलप्लाष्टीले पिसाब चुहिने समस्या भएका महिलाहरुलाई पनि ठीक बनाउँछ ।
यसका साथै लिबियाप्लाष्टी पनि हुने गर्छ । यसमा लिबिया मेजर र लिबिया माइनर भन्ने हुन्छ । जस्तोः भेजाइनाको बाहिर निस्किएको पातलो २ वटा पत्र हुन्छ जुन पेन्टी लगाउँदा बाहिरबाट देखिन सक्छ । यो लत्रिएको देखिने भएकाले यसले महिलालाई असहज हुने र योनीको सौन्दर्य राम्रो देखिदैन । यस्तो अवस्थामा लिबियाप्लाष्टी गरिन्छ । कतिपय महिलाले आफ्नो योनी राम्रो नदेखिएको र लामो २ वटा लिबिया निस्किएको बताउने गर्छन् । यस्तो अवस्थामा लामो निस्किएको लिबियालाई सर्जरीबाट सुन्दर बनाइन्छ । यसले यौन पार्टरलाई आकर्षिक बनाउन मद्धत पुगेको प्रयोगकर्ताहरु बताउँछन् । यसले सेक्सुअल पार्टनरलाई सजिलै अंग देखाउन संकोच मान्नुपर्दैन । यो एक प्रकारको गोप्य कुरा हो । नयाँ रिलेसनसिपमा जाँदा र आफूलाई भर्जिन देखाउन हाइमिन रिपेयर गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्