Logo
|
Saturday 20th April 2024
Logo

epaper

२० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष.डा. गिरीलाई कडा कारवाही नगरे माघ २२ देखि आयोगको गेटमा आमरण असन बस्ने विजय थापाको घोषणा

अख्तियारको मुद्दा खेपिरहेका गिरी कसरी आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए ?



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । २० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीलाई छानवीन गरी कडा कारवाही गर्न सबै क्षेत्रबाट दवाद बढिरहेको छ । यो विषयमा सरकार गम्भीर नभएमा आयोगको गेटमा आमरण अनशनसमेत बस्ने भएका छन् । राजधानीमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी एकजना सामाजिक अभियन्ता विजय थापाले २१ दिनभित्र उपाध्यक्ष गिरीलाई कारवाही नगरेमा माघ २२ गतेदेखि ११ सुत्रिय मागसहित आमरण अनसन बस्ने बताएका छन् । उनी २ पटकसम्म आफ्नो ज्यानको बाजी लगाएर आमरण अनसन बसिसकेका छन् ।
उनले आइतबारदेखि सानो ठिमीस्थित आयोगको गेटमा धर्ना बस्ने बताएका छन् । उनले सोमबारदेखि देशव्यापी रुपमा उपाध्यक्ष गिरी विरोधी विभिन्न विरोधको अभियान शुरु गर्ने बताएका छन् ।
स्वास्थ, शिक्षाजस्तो मौलिक अधिकारको सुनिश्चितता सहितको प्रत्याभूति सरकारले नदिलाएसम्म दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु जारी रहने थापाले बताए ।
‘बिगत लामो समय देखि केहि थान झुन्ड आमरण अनशनको आवरणमा अभियन्ता नामको बुख्याचा खडा गरी नेपालको समग्र चिकित्सा शिक्षा क्षेत्रमा एउटा अघोषित सिन्डिकेट कायम गर्न प्रयासरत छ ।’ उनले भने ‘हाम्रा दाजुभाइ दिदिबहिनीलाई नेपाल मै चिकित्सा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसरबाट बन्चित गर्दै चिकित्सा शिक्षा अध्यनकै लागी बिदेशीनुपर्ने, बेचिनुपर्ने बाध्यात्मक अवस्था बनाएर रातारात कमाउँदैछन । यो नेपाल र नेपालीका लागी दुर्भाग्यपूर्ण छ ।’

हेर्नुस् यो प्रेस विज्ञप्ती

सम्पूर्ण नेपालीहरुको आशा, अपेक्षा, भरोसा, विश्वास माथि बलात्कार भएको छ । सम्पूर्ण भौतिक पुर्वाधार निर्माण सम्पन्न मेडिकल कलेजलाई सम्बोधन दिने प्रक्रियामा श्रीकृष्ण गिरीले बीस करोड घुस मागेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सरकार समक्ष यसै प्रेस विज्ञप्तिमार्फत आरोपित प्रा.डा.श्रीकृष्ण गिरी उपर तत्काल छानबिन गरी कडा भन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछौं ।

आज हामीले खोज्दै जाँदा प्रा.डा श्रीकृष्ण गिरीका २० करोड रुपियाँको कान्ड मात्र नभई बिगतका धेरै काला कर्तुतहरुको फेहरिस्त फेला पारेका छौँ । विश्वास नै लाग्दैन सरकारले चिकित्सा शिक्षा आयोग जस्तो संवेदनशील निकायको उपाध्यक्ष जस्तो सम्मानित पदमा के कसरी ? किन केही नबुझी नियुक्त गर्यो ? आज प्रश्नै प्रश्न खडा भएको छ ।

प्रा.डा.श्रीकृष्ण गिरीले चिकित्सा बिज्ञान राष्ट्रिय प्रतीष्ठान (न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाई ‘जुनियर डाक्टर ट्रेनिङ’ शिर्षकमा दिदै आएको ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्रेनिङ’ शीर्षकमा प्रदान गर्ने १९ हजार युरोको अनियमितता, भ्रष्टाचार गरेको घटनाको सत्य तथ्य छानबिन गरी उक्त घटनामा किन कारबाही गर्न सकेन ?

२०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रा.डा श्रीकृष्ण गिरी माथि चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छ ?

अख्तियारको मुद्दा खेपिरहेका श्रीकृष्ण गिरी के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य सार्वजनिक गर्न सरकार तयार हुने नहुने ?

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा उम्मेदवारी दर्खास्त दिँदा नियुक्त हुन अनिवार्य एमडी गरेको २० बर्ष हुनुपर्ने र सम्बन्धित फ्याकल्टिमा १० वर्ष सेवा गरेको हुनुपर्ने प्राबधान बनाइएको छ ।

तर उक्त प्राबधान समेत लत्याएर जे जसरी भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरी उपाध्यक्ष नियुक्त भए यहाँ गम्भीर त्रुटी भएको छ । यसको छानबिन हुनुपर्छ । मिति २०७६—१०—१६ गते अर्थात आउँदो (माघ १६गते) (२१ एक्काइस) दिन भित्रमा भ्रष्ट प्रा.डा.श्रीकृष्ण गिरी उपर छानबिन गरी कडा भन्दा कडा कारबाही नगरिए माघ २२ (बाईस) गतेबाट चिकित्सा शिक्षा आयोगको गेटमै आमरण अनशन बस्न बाध्य हुने जानकारी गराउँदछौ ।

साथै विभिन्न चरणको संघर्ष, आमरण अनशन लगायतका कार्यक्रममार्फत हामीले बिगत देखि नै बारम्बार उठाउँदै आइरहेको हाम्रा मागहरू आज पनि यथावत रहेका छ्न् । हाम्रा निम्न लिखित मागहरूलाई पुरा गर्न सम्बन्धित सरोकारवाला निकाय, सस्था, सरकारले गम्भीरतापूर्वक नलिए त्यसबाट भोलि उत्पन्न हुनसक्ने समस्या, दुर्घटनाको जिम्मेवारी स्वम सरकारले लिनुपर्नेछ ।

 मागहरू

१. मेडिकल कलेजलाई सम्बोधन दिन २० (बीस करोड रुपियाँ) घुस मागेको आरोपित भ्रष्ट प्रा.डा श्री कृष्ण गिरीलाई तत्काल बर्खास्त गरी छानबिन गरेर कडा भन्दा कडा कारबाही गरियोस् ।

२. भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरीले चिकित्सा बिज्ञान रास्ट्रिय प्रीतष्ठान (न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहदा बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाई जुनियर डाक्टर ट्रेनिङ’ शिर्षकमा दिँदै आएको ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्रेनिङ’ शीर्षकमा प्रदान गर्ने १९ हजार युरोको अनियमितता, भ्रष्टाचार गरेको घटनाको तत्काल छानबिन गरी कारबाही गरियोस् ।

३.२०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरी माथि चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छ ? अख्तियार को मुद्दा खेपिरहेका श्रीकृष्ण गिरी के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य जस्ताको त्यस्तै सार्बजनिक गरियोस् ।

४.शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता गरी प्रत्यक्ष रूपमा अधिकारको उपयोग गर्न सक्ने ग्यारेन्टीको प्रत्याभूति दिलाइयोस् ।

५. काठमाडौं उपत्यका बाहिर तत्काल मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले नेपाल मै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरणको निर्माण गरियोस् ।

६. बङ्लादेशबाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जना डाक्टरहरुको परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको ब्यबस्था गरियोस् ।

७. सरकारी तलबभत्ता, सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरी कडा भन्दा कडा कारबाही गरियोस् ।

८. प्लस टु माथिको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरी अध्ययनका नाममा बर्सेनी देश बाहिर बिदेशीने गरेको ७० सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बातावरणको निर्माण गरियोस् ।

९. नेपालमा एमडी तथा पिजी क्लासको कोटा न्युनतम १७ सय माथि पुर्याउने ब्यवस्था गरियोस् ।

१०. श्रम, रोजगारका नाममा खाडी मुलुक बिदेशी भुमिमा आफ्नो रगत पसिना बेच्न बाध्य हाम्रा दाजुभाइ, दिदिबहिनीहरुलाई ससम्मान ढंगले स्वदेशमा फर्काएर नेपालमा नै रोजगार, स्वरोजगार बनी आत्मसम्मान पुर्वक स्वदेशमै आत्मनिर्भर बन्ने बातावरणको निर्माण गरियोस् ।

११. स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गरेर यो देशको राष्ट्रिय पुजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़ संकल्पित उद्योगी, व्यावसायीहरुलाई प्राथमिकता राखेर लगानी गर्ने बातावरणको निर्माण गरी लगानी सुरक्षित गरिदिने बातावरणको निर्माण गरियोस् ।

प्रतिक्रिया दिनुहोस्