Logo
|
Friday 19th April 2024
Logo

epaper

किन लागू भएन पर्यटकलाई खोप ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ।  सरकारले ५१ वटा देशबाट आउने पर्यटकले एल्लो फिभर र पोलियोविरुद्घको खोप लगाएको हुनुपर्ने ‘ट्राभल एड्भाइजरी’ जारी गरे पनि लागू हुन सकेको छैन । त्रिभुवन विमानस्थल र सीमानाकामा पर्यटकले खोप लगाए र नलगाएको हेर्ने डेस्क नै छैन । यसै कारण ती देशबाट रोग भित्रिने जोखिम छ ।

सरकारले अघिल्लो एड्भाइजरी परिमार्जन गर्दै सन् २०२० देखि लागू हुने गरी थप दुई मुलुक पपुवान्युगिनी र रुवान्डालाई खोप लगाउनुपर्ने सूचीमा पारेको छ । रुवान्डाबाट आउनेले एल्लो फिभर र पपुवान्युगिनीबाट आउनेलाई पोलियोविरुद्धको खोप अनिवार्य गरिएको हो । सूचीमा रहेका मध्ये पाँच मुलुकबाट आउनेले पोलियो तथा अफ्रिकाका ३३ र अमेरिकी महाद्वीपका १३ गरी ४६ मुलुककाले एल्लो फिभरविरुद्ध खोप लगाउनुपर्ने उल्लेख छ । अन्य थुप्रै मुलुकमा पनि तोकिएको खोप नलगाएका पर्यटकलाई विमानस्थल या प्रवेशनाकाबाटै फर्काउने गरिन्छ । ९ वर्षमाथिका पर्यटकलाई खोप अनिवार्य छ । नेपालको विमानस्थलमा १२ घण्टा ट्रान्जिट हुने पर्यटकसमेत खोप नलगाई आउन पाउँदैनन् ।

लामखुट्टेद्वारा भाइरसजन्य संक्रमण भई तीव्र रक्तस्राव गराउने रोग एल्लो फिभर हो । यो भाइरस अफ्रिका र मध्य एवं दक्षिण अफ्रिकामा देखापरेको छ । कुनै विशिष्ट उपचार नभए पनि खोपको माध्यमले संक्रमणबाट जोगिन सकिन्छ । त्यस्तै पोलियो शारीरिक अक्षमता उत्पन्न गर्ने, ज्यान जोखिममा पार्ने ‘पोलियो भाइरस’ ले गर्दा हुने रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। विष्णु गौतमले अंग्रेजी नयाँ वर्षदेखि नेपाल आउँदा खोप लगाउनुपर्ने देशको संख्या बढाइएको बताए । ‘खोप नलगाई आउनेलाई के गर्ने भन्ने अन्योल छ,’ उनले भने ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्