Logo
|
Tuesday 16th April 2024
Logo

epaper

‘बडी सेमिङले’ बढ्दो नैराश्यता




जनस्वास्थ्य सरोकार, काठमाडौँ । सात वर्ष अघि वैदेशिक रोजगारका लागि कतार पुगेका तनहुँ देवघाटका कृष्णबहादुर पन्त दुर्घटनामा परेर ह्वीलचियरमा नेपाल फर्किए । उनको तौल एकाएक बढ्यो । सुरुमा त हिँडडुल गर्न नसक्ने उनी केही समय चितवनमा प्राकृतिक उपचार गराएपछि हिडडुल गर्न सक्ने भए । १२० के.जी. तौलका पन्त अहिले अटो रिक्सा चलाएर गुजरा गर्छन् ।
असामान्य तौलका कारण समाजले फरक दृष्टिले हेर्ने गरेको उनको गुनासो छ । पन्त भन्छन् –‘मानिसहरुले जिस्काएको देख्दा असाध्यै चित्त दुख्छ । उनी थप्छन् – ‘कोही नजिक आएर ज्यान छाम्छन् । ओहो ! कस्तो फुलेको ज्यान, भित्र हावा पो छ कि के हो भन्छन् ।’ कतिपय मानिस डरले सोध्न डराउने तर टाढाबाट लुलिलुकी फोटो खिच्ने गरेको उनको भनाई छ ।
शारीरिक बनावटलाई लिएर कसैलाई जिस्काउने, हेप्ने र आलोचना गर्नेलाई बडी सेमिङ भनिन्छ । औसत भन्दा कम तौल हुँदा विभिन्न उपनाम दिएर जिस्काउने, खिस्याठुरी गर्ने गरेको भेटिन्छ । जसले गर्दा कति व्यक्ति बडी सेमिङको शिकार भइरहेका छन् ।
समाजमा मोटो शरीरलाई भयानक रुपमा लिने गरिन्छ । शरीरको मोटोपना नियन्त्रण कसरी गर्ने भन्ने बारे जताततै सुभाव भेटिन्छन् । मानौँ मोटो शरीर हुनु नै अपराध हो । कतिले त खाना नियन्त्रण र कसरत गरेर मोटोपना नियन्त्रण गर्छन् । तर कतिपयको मोटोपना नियन्त्रण सम्भव हुँदैन । पाइलै पिच्छे अनेकन टिप्पणी सहनुपर्ने हुन्छ ।
मोटो शरीरले रोग निम्त्याउने भन्दै अधिकांश मानिसहरु कसरतमा लाग्ने गरेको भेटिन्छन् । बढ्दो तौल नियन्त्रणका लागि फिटनेस क्लव र जुम्बा धाउनेहरुको पनि कमि छैन । यो त उनीहरुको निजी निर्णय भयो । तर के मोटो शरीर भयो भन्दैमा अरुले होच्याउने र जिस्काउने प्रवृती ठिक हो त ? मानिसलाई उसको शरीरिक वनावटको आधारमा मुल्याङ्कन गर्नु गलत भएको मानवशास्त्री जनक राई बताउँछन् । कानुन अनुसार कसैको शरीर माथी भद्दा टिप्पणी गर्नु अपराध हो ।  मोटो होस् या दुब्लो कसैको शारीरिक बनावट प्रति टिप्पणी गर्दा उसको आत्मसम्मानमा ठेस पुगिरहेको त छैन ? एकपटक सोच्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्