Logo
|
Friday 19th April 2024
Logo

epaper

योग दिवस साताव्यापी रुपमा मनाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय योग दिवसको अवसरमा साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयूर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पत्रकार सम्मेलन गरी योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मानाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने रहेको छ । कार्यक्रममा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले योगको महत्वकोबारेमा जानकारी दिएका थिए । उनले प्रत्येक नागरिकले आफू स्वस्थ रहन सधैं योग गर्नुपर्ने बताए । उनले स्वस्थ खानपान, अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एक हिस्सा बनाउनुपर्नेमा जोड दिए । विभागले मेरो स्वास्थ्य मेरो जिम्मेवारी, नागरिक आरोग्य कार्यक्रम अन्तर्गत टोलमा टोलमा समूह गठन गरी स्वास्थ्यका लागि आफ्नो कर्तव्य अभियान संचालन गर्दै आएको छ । त्यसैगरी पाँच जिल्लामा पाँच विद्यालयमा पाइलट प्रोजेक्टका रुपमा वर्षमा योग शिक्षाका २० वटा कक्षा समेत संचालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्